वीरगञ्जका विद्यालयहरु आइतबारदेखि सञ्चालन गरिने | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

वीरगञ्जका विद्यालयहरु आइतबारदेखि सञ्चालन गरिने

पर्सा । वीरगञ्जका सामुदायिक तथा संस्थागत विद्यालयहरू आउँदो आइतवारदेखि खुल्ने भएका छन् । वीरगञ्ज महानगरपालिकाले आइतबारदेखि कक्षा ८ देखि १२ सम्मको पठनपाठन सुचारु गर्ने निर्णय गरेको हो ।

महानगरपालिकाले बुधबारआयोजना गरेको सरोकारवालाहरूको छलफलले विद्यालय खोल्न आग्रह गरेपछि स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर श्रावण ३२ गते बाट वीरगन्ज महानगरपालिका भित्र रहेका सबै विद्यायलयहरु खुल्ने भएको छ ।

कोरोनाको दोस्रो लहरमा बन्द गरिएका विद्यालय अहिलेसम्म पुनः सञ्चालनमा आउन सकेका छैनन् । वीरगञ्जमा कोरोना संक्रमण नियन्त्रणमा आएकाले महानगरले डेढ महिना अघि नै विद्यालय सञ्चालन गर्न खोजेको थियो ।

जिल्ला संकट व्यावस्थापन केन्द्रले सहमति नदिएकाले अहिलेसम्म खुल्न नसकेका वीरगन्ज महानगरपालिकाका शिक्षा शाखा प्रमुख अरबिन्द लाल कर्णले जानकारी दिए ।

यसअघि मन्त्रिपरिषद्ले विद्यालय बन्द गर्ने निर्णय गरेकाले मन्त्रिपरिषद्बाटै पुनः सञ्चालनको निर्णय आएमात्रै विद्यालय चलाउन पाइने अडान केन्द्रको रहँदै आएको छ ।

स्थानीय प्रशासनको अडानका कारण विद्यालय खुलाउने डेढ महिनादेखिको प्रयास असफल भएपछि नगर प्रमुख सरावगीले सरोकारवाला पक्षको भेला राखेर सहयोगको आग्रह गरेका हुन् ।

कोरोना संक्रमणको जोखिमकायमै रहेकाले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर विद्यालय खोल्न साथ दिने सहभागीहरूले बताएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);