अफगानिस्तानमा तालिवानको सत्तापलटपछि बन्द विद्यालय ६ महिनापछि खुल्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

अफगानिस्तानमा तालिवानको सत्तापलटपछि बन्द विद्यालय ६ महिनापछि खुल्दै

एजेन्सी । अगस्टमा तालिवानले सत्ता कब्जा गरेपछि बन्द भएका सार्वजनिक विद्यालय फेब्रुवरीदेखि फेरि खुल्ने भएका छन् । तालिवानका कार्यवहाक शिक्षामन्त्री शाइख अब्दुल बाकी हक्कानीले सो जानाकारी दिएका हुन् । तर, छात्रालाई पढ्न अनुमति दिने\नदिने विषयमा भने उनले केही खुलाएका छैनन् । यसअघि तालिवानले तालिवानले छात्राहरुलाई अलग्गै पढाइन सकिने बताएको थियो ।

गर्मी प्रान्तका विश्वविद्यालयहरु २ फेब्रुवरीबाट खुल्ने र अन्य प्रान्तमा २६ फेब्रुवरीदेखि मात्रै सञ्चालन गरिने उनले बताए । यसअघि अहिलेसम्म तालिवान सरकारले देशका अधिकांश भागमा पुनः सञ्चालन गरेका माध्यामिक विद्यालयमा छात्रहरुका लागि मात्र अनुमति दिइएको छ । केही निजी विश्वविद्यालय पुनः खुलेका छन् । तर, अधिकांश छात्रा पढ्न गएका छैनन् ।

तालिवानले विदेशी अनुदान खोजिरहेकै बेला पश्चिमा सरकारहरुलेअफगानिस्तानमा छात्रा शिक्षालाई जोड दिँदै आएका छन् ।  तालिवानले १५ अगस्टमा अफगानिस्तानको सत्तापलट गरेको थियो । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);