अफगानिस्तानलाई सहयोग गर्न रसियाले डाक्यो अन्तर्राष्ट्रिय समुदायको बैठक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

अफगानिस्तानलाई सहयोग गर्न रसियाले डाक्यो अन्तर्राष्ट्रिय समुदायको बैठक

एजेन्सी । रसियाले अफगानिस्ताबारे अन्तर्राष्ट्रिय समुदायको वैठक आयोजना गर्ने भएको छ । मस्कोले यही २० अक्टोबरमा बैठक आयोजना गर्न लागेको हो । बैठकमा तालिवान प्रतिनिधिलाई पनि सहभागी गराइने भएको छ ।

तालिवानलाई आर्थिक, मानवीयलगायतका सहयोग गर्न आयोजना हुने वैठकमा चीन, भारत, पाकिस्तान, इरानका प्रतिनिधि सहभागी हुनेछन् ।  रसियाले अफगानिस्तानलाई आर्थिक सहायता उपलब्ध गराउने विषयमा यसअघि पनि विभिन्न देशका नेताहरूसँग छलफल गरेको थियो ।

बैठकअघि १२ अक्टोवरमा आयोजना हुने जी–२० सम्मेलनमा अफगानिस्तलाई  मानवीय संकटबाट जोगाउने विषयमा छलफल हुनेछ ।  अफगानिस्तानमा मानवीय संकट चुलिएको राष्ट्रसंघले बताउँदै आएको छ । 

अफगान विश्वविद्यालय चाँडै खुल्छन्ः तालिवान
यसैबीच, लामो समयदेखि बन्द अफगानिस्तानका विश्वबिद्यालय चाँडै खुल्ने भएका छन् । शिक्षामन्त्री अब्दुल बाक्की हक्कानीले शुक्रबार सो जानाकारी दिएका हुन् । बिश्वविद्यालय खुल्ने बारेमा छलफल तीब्र पारिएको र केही दिनमै पठनपाठन पुनः सञ्चालन हुने मन्त्री हक्कानीले बताए ।

१५ अगस्टमा तालिवानले काबुल कब्जा गरेपछि अफगानिस्तानका बिश्वविद्यालय ठप्प छन् । यसअघि तालिवानले महिलालाई बिश्वविद्यालय जान प्रतिवन्ध लगाएको थियो । महिलालाई बिश्वविद्यालयमा प्रतिवन्ध लगाएको विरोधमा विहीबार महिलाहरूको एउटा समूहले तालिवानबिरुद्ध ठूलो प्रदर्शन गरेको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);