कोल्याप्स हुँदै अफगान बैंकिङ प्रणाली, पैसा झिक्न जानेलाई ढुंगाले हान्छन् तालिबान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कोल्याप्स हुँदै अफगान बैंकिङ प्रणाली, पैसा झिक्न जानेलाई ढुंगाले हान्छन् तालिबान

एजेन्सी । अफगानिस्तानमा तालिबानले दुई साताअघि नियन्त्रणमा लिएका बैंक अझै सुचारु हुन सकेका छैनन् । आक्कल झुक्कल खुलेका एक दुईवटा बैंकमा मानिसहरुको भीड थामिनसक्नु छ । लामो समय बैक बन्द हुँदा त्यहाँको बैंकिङ प्रणाली नै ‘कोल्याप्स’ हुने र आर्थिक तथा मानवीय दुर्घटनाको जोखिम बढेको छ ।

काबुलका केही बैंकबाहिर पैसा झिक्न लामबद्ध उभिएका मानिसहरुको हेर्न लायक भीड देखिन्छ । अनावश्यक भीड गरेको भन्दै तालिबानले मानिसलाई ढुंगा र रुखका भाटाले हिर्काएको दृश्य र भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

तालिबानले बैंकिङ सेवा खोल्न निर्देशन दिए पनि पैसा नभएका कारण अधिकांश बैंकहरु बन्द भएको अफगानिस्तानका केन्द्रीय बैंकहरुले जनाएका छन् ।

अफगान अर्थतन्त्र मुख्यतः विदेशी मुद्रा र अन्तर्राष्ट्रिय सहयोगमा निर्भर छ । तालिबानले कब्जा गरेपछि यस्तो सहयोग रोक्का भएको छ । ७५ प्रतिशत अफगानिस्तानको सार्वजनिक खर्च विदेशी अनुदानमा नै चल्ने गरेको विश्व वैंकको एक प्रतिवेदनमा उल्लेख छ । अफगानिस्तानमा आर्थिक तथा मानवीय संकट आउन सक्ने चिन्ता प्रतिवेदनमा जनाइएको छ । मध्य अमेरिकी मुलुक अफगानिस्तानमा ४७ प्रतिशत नागरिक गरिबीको रेखामुनि छन् ।

‘अफगानिस्तान र यहाँको बैंकिङ प्रणालीको अस्तित्व घट्दै गएको र बैंकिङ क्षेत्र ढल्नै थालेको छ,’ अफगान अमेरिकी चेम्बर अफ कर्मसले विश्व बैंकलाई पठाएको एउटा ध्यानकर्षण पत्रमा उल्लेख छ । व्यावसायिक बैंक, ग्राहक र लगानीकर्ता रहेको अफगान व्यावसायिक बैंक र वित्तीय समूहले सो पत्र लेखेका थिए ।

अफगान अर्थतन्त्रका एक ज्ञाताका अनुसार बैक खोल्नेवित्तिकै पैसा झिक्न चाहने मानिसको भीड देखिन्छ, तर बैंकमा कत्ति पनि पैसा हुन्न ।

तालिबानले काबुलको सत्तापलट गरेपछि बाइडेन प्रशासनले अफगानिस्तानको केन्द्रीय बैंकमा राखेका अरबौं डलर रकमको पहुँचमाथि तालिबानलाई प्रतिबन्ध लगाएको थियो ।

अन्तर्राष्ट्रिय मौद्रिक कोषले अफगानिस्तानलाई निकासा गर्न लागेको साढे चार करोड डलर रकम रोक्का गरेको छ । सो रकम यसै साता अफगानिस्तानलाई प्रदान गर्ने कार्यक्रम थियो । त्यस्तै, विश्व बैकले पनि अफगानिस्तानलाई प्रदान गर्ने भनेको वित्तीय सहयोग रोक्का गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);