यमनको सैन्य हवाइ अड्डामा भएको हमलामा ३० जना सरकार समर्थक लडाकूको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

यमनको सैन्य हवाइ अड्डामा भएको हमलामा ३० जना सरकार समर्थक लडाकूको मृत्यु

एजेन्सी । यमनको सैन्य हवाइ अड्डामा भएको हमलामा परी कम्तीमा ३० जना सरकार समर्थक लडाकूकोे मृत्यु भएको छ भने दर्जनौ घाइते भएका छन् ।

यमनको सबैभन्दा ठूलो हवाइ अड्डा आइतबार इरानको निकट मानिने यमनी हुथी विद्रोहीले आक्रमण गरेको बताइएको छ ।

यमनी सशस्त्र लडाकू समूहका प्रवक्ता मोहम्मद अल–नाकिबले घटनाको पुष्टि गर्दै आक्रमणमा हुथीहरूको हात रहेको उल्लेख गर्नुभएको छ ।

सैनिक चिकित्सकले घटना लगत्तै दिएको प्रतिक्रियामा सात जनाको मृत्यु भएको बताएपनि अस्पतालमा पुगेका अन्य २३ जनाको पनि उपचारका क्रममा मृत्यु भएको बताएका छन् ।

घाइतेमध्ये अझै केहीको स्वास्थ्य अवस्था गम्भीर रहेकोले मृतक सङ्ख्या अझै बढ्नसक्ने उनीहरूको भनाई छ । हुथी समूहले भने यस घटनाबारे कुनै प्रतिक्रिया जनाइसकेको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);