भारतमा पछिल्लो २४ घण्टामा ४२ हजार ९०९ संक्रमित, तीन सय ८० को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

भारतमा पछिल्लो २४ घण्टामा ४२ हजार ९०९ संक्रमित, तीन सय ८० को मृत्यु

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ४२ हजार ९ सय ९ मा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा भएका १४ लाख १९ हजार ९ सय ९० परीक्षणमध्ये ४२ हजार ९ सय ९ मा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी भारतमा पछिल्लो २४घण्टामा तीन सय ८० संक्रमितको मृत्यु भएको छ । योसँगै भारतमा संक्रमणका कारण मृत्यु हुनेको संख्या चार लाख ३८ हजार दुई सय १० पुगेको छ ।

सोही अवधिमा भारतमा ३४ लाख ७ सय ६३ संक्रमणमुक्त भएका छन् । भारतमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या तीन करोड १९ लाख २३ हजार ४ सय ५ पुगेको छ ।

हाल भारतमा तीन लाख ७६ ३ सय २४ सक्रिय संक्रमित रहेका छन् ।

भारतले पछिल्लो २४ घण्टामा ३१ लाख १४ हजार ६सय ९६ लाई कोरोनाविरुद्धको खोप लगाई खोप लगाउनेको कुल संख्या ६३ करोड ४३ लाख ८१ हजारभन्दा बढी भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);