पछिल्लो २४ घण्टामा भारतमा ४१ हजार ९६५ संक्रमित, चार सय ६० को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पछिल्लो २४ घण्टामा भारतमा ४१ हजार ९६५ संक्रमित, चार सय ६० को मृत्यु

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ४१ हजार ९ सय ६५ मा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा भएका १६ लाख ६ हजार ७ सय ८५ परीक्षणमध्ये ४१ हजार ९ सय ६५ मा संक्रमण पुष्टि भएको हो । योसँगै भारतमा कोरोना संक्रमितको हुनेको कुल संख्या तीन करोड २८ लाख १० हजार ८
सय ४५ पुगेको छ ।

त्यसैगरी भारतमा पछिल्लो २४ घण्टामा चार सय ६० संक्रमितको मृत्यु भएको छ । यो संख्या अघिल्लो २४ घण्टाको तुलनामा एक सयभन्दा बढी हो । अघिल्लो २४ घण्टामा भारतमा तीन सय ५० संक्रमितको मृत्यु भएको थियो । भारतमा हालसम्म संक्रमणका कारण चार लाख ३९ हजार २० को मृत्यु भईसकेको छ ।

त्यस्तै भारतमा पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका ३३ हजार ९ सय ६४ सहित भारतमा हालसम्म तीन करोड १९ लाख ९३ हजार ६सय ४४ संक्रमणमुक्त भईसकेका छन् ।

हाल भारतमा तीन लाख ७८ हजार १ सय ८१ सक्रिय संक्रमित रहेका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा एक करोड ३३ लाख १८ हजारभन्दा धेरैलाई कोरोनाविरुद्धको खोप प्रदान गरेको छ । भारतमा हालसम्म ६५ करोड ४१ लाख १३ हजारभन्दा बढीले खोप लगाईसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);