भारतको उत्तर प्रदेशमा अज्ञात रोगबाट ५० भन्दा बढी बालबालिकाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

भारतको उत्तर प्रदेशमा अज्ञात रोगबाट ५० भन्दा बढी बालबालिकाको मृत्यु

एजेन्सी । भारतको उत्तर प्रदेशमा अज्ञात रोगबाट ५० भन्दा बढी बालबालिकाको मृत्यु भएको छ ।

एक साताको अवधिमा उच्च ज्वरो आउने, वाकवाकी लाग्ने, पसिना आउने, जोर्नी दुख्ने, हात र खुट्टामा दागहरु देखा पर्ने लक्षण देखिएका ५० बालबालिकाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा उत्तर प्रदेशको आगरा, मथुरा, मैनपुरी, एटाह, कासगन्ज र फिरोजाबादका बालबालिका रहेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । मृत्यु भएका बालबालिकामा कोरोना संक्रमण भने नभएको बताइएको छ ।

बालबालिकामा पछिल्लो समय देखा परेको भन्दै उत्तर प्रदेश सरकारले अनुसन्धान थालेको छ । डेंगु र लामखुट्टेको टोकाइबाट हुने भाइरलका कारण यो रोग लागेको अनुमान गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);