भारतमा धुलोयुक्त शक्तिशाली आँधीका कारण १ सय ९ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

भारतमा धुलोयुक्त शक्तिशाली आँधीका कारण १ सय ९ जनाको मृत्यु

india aadhi

काठमाडौं, २१ बैशाख । भारतको उत्तर प्रदेश र राजस्थानमा धुलोयुक्त शक्तिशाली आँधीका कारण मृत्यु हुनेको संख्या एक सय नाघेको छ ।

रुखहरु भाँच्चिदा तथा पर्खाल भत्किंंदा मुत्यु हुनेको संख्या एक सय ९ पुगेको अन्र्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । मृतकको संख्या अझै बढ्ने सरकारी अधिकारीहरुले बताएका छन् । उत्तर प्रदेशमा मात्र ७३ जनाको मृत्यु भएको छ भने ८० भन्दा बढी घाइते भएका छन् । उत्तर प्रदेशमा ज्यान गुमाउनेमध्ये आधाभन्दा बढी आगराका हुन् ।

आगराको एउटै गाउँमा २१ जनाको मृत्यु भएको छ । राजस्थान राज्यको अलवार, भरतपुर र ढोलपुरमा ३६ जनाको मृत्यु भएको छ । अलवार सबैभन्दा बढी प्रभावित भएको छ । त्यहाँका स्थानीयले अहिले आएको जस्तो आँधी २५ वर्षयता कहिल्यै नदेखिएको बताएका छन् । आँधीका कारण घरहरुमा क्षति पुग्नुका साथै विद्युत सेवा अवरुद्ध भएको छ । आाधीपछि विद्यालयहरु बन्द गरिएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले आँधीका कारण भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । उत्तर प्रदेश सरकारले मृतकका परिवारलाई ४ लाख रुपैयाँका दरले राहत दिने घोषणा गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);