ट्रम्पले किमसँगको वार्ता अघी राष्ट्रपति मुनसँग वार्ता गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

ट्रम्पले किमसँगको वार्ता अघी राष्ट्रपति मुनसँग वार्ता गर्ने

trump-moon

एजेन्सी, २२ बैशाख । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँगको शिखर वार्तापहिले दक्षिण कोरियाका राष्ट्रपति मुन जेइ इनसँग वार्ता गर्ने भएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले दक्षिण कोरियाका राष्ट्रपति मुनसँग यही मे महिनाको २२ तारिखमा ह्वाइट हाउसमा वार्ता गर्ने  छन् । मुनले एक साताअघि उत्तर कोरियाली नेता किमसँग वार्ता गरेका थिए । ट्रम्प र किमबीच मे को अन्त्य वा जुन महिनामा शिखर वार्ता हुने बताइएको छ ।

ट्रम्पले किमसँगको शिखर वार्ताको मिति र स्थान तय भइसकेको बताए । उनले शुक्रवार ह्वाइट हाउसबाहिर पत्रकारहरूसँग कुरा गर्दै मिति र स्थान छिट्टै घोषणा गरिने बताए । उनले किमसँगको वार्तामा धेरै राम्रा कुरा हुने अपेक्षा राखेको पनि बताए ।

यसैबीच उत्तर कोरियाले दक्षिण कोरियासँग समय मिलाउनका लागि आफ्नो समय परिवर्तन गरेको छ । उत्तर कोरियाले आफ्नो समय शुक्रवार राति साढे ११ बजे परिवर्तन गरी ३० मिनेट अगाडि अर्थात् १२ बजे बनाएको हो । यसलाई गत साता भएको किम र मुनबीचको वार्तापछिको पहिलो व्यवहारिक कदमका रूपमा लिइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);