ट्रम्प र उनबीच जुन १२ मा सिंगापुरमा शिखर वार्ता हुने | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

ट्रम्प र उनबीच जुन १२ मा सिंगापुरमा शिखर वार्ता हुने

एजेन्सी, २२ जेठ । अमेरिका र उत्तर कोरियाबीच हुने बहुचर्चित शिखर वार्ताको समय तय भएको छ । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका अनुसार वार्ता स्थानीय समय अनुसार सिंगापुरमा जुन १२ तारिखका दिन विहान ९ बजे डोनाल्ड ट्रम्प र उत्तर कोरियाली शासक किम जोङ उनबीच शिखर वार्ता हुनेछ ।

सिंगापुरमा भेटवार्ता गर्दा ट्रम्प र किमलाई सुरक्षा भने गोर्खा सैनिकले गर्ने भएका छन् । दुवै नेताले आ–आफ्ना सुरक्षाकर्मी ल्याउने भए पनि वार्तास्थल, सडक र होटलको सुरक्षा भने सिंगापुर प्रहरीको उत्कृष्ट गोर्खा दस्ताले गर्ने जनाइएको छ ।

उत्तर कोरिया र अमेरिकाका उच्च अधिकारीको अभिव्यक्ति पछि अन्योलमा परेको ट्रम्प–किम शिखरवार्ताको समय तय भएको छ । केही समय अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकतर्फी रुपमा वार्ता स्थगित गरेका थिए ।

तर, अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हावसका प्रेस सचिव सारा सेन्डर्सले पूर्वनिर्धारित मिति समय जुन १२ मा सिंगावुरमा ट्रम्प र उत्तर कोरियाली शासक किम जोङ उनबीच शिखर वार्ता हुने निश्चित भएको बताएकी छन् ।

अमेरिकाले वार्ताको तयारी गरिरहेको भन्दै उनले निर्धारित मितिमै स्थानीय समयअनुसार विहान ९ बजे शिखरवार्ता हुने जानकारी दिइन् । उनले सैन्य, सुुरक्षा, प्राविधिक र चिकित्सा कर्मचारी सम्मिलित ह्वाइट हाउसको अग्रिम टोली सिंगापुुरमा उपस्थित भैसकेको र शिखर वार्तासम्म त्यही रहने बताइन् ।

यसअघि राष्ट्रपति ट्रम्पले शिखर वार्ताको सन्दर्भमा ह्वाइट हाउसमै उत्तर कोरियाका शीर्ष प्रतिनिधिमण्डलसँग भेटवार्ता गरेका थिए । सिंगापुुरमा हुने शिखरवार्तासँग सम्बन्धित बिषयबस्तुुबारे राष्ट्रपति ट्रम्पलाई हरेक दिन जानकारी गराउने गरिएको छ ।

राष्ट्रपति ट्रम्पको मुुख्य ध्यान परमाणुु निशस्त्रीकरणमा रहेको बेला प्योङयाङ नीतिमा अमेरिकाले कुुनै परिवर्तन नगरेको ह्वाइट हाउसका प्रेस सचिव सेन्डर्सले बताए ।

अमेरिकाले उत्तरकोरियाबिरुद्ध कुुनै नयाँ प्रतिबन्ध लगाएको छैन । तर, यसअघि जारी आर्थिक प्रतिबन्ध यथावत नै राखिएको छ । तथापि अमेरिका र उत्तरकोरियाबीचको सम्बन्धमा सुुधार भइरहेको छ ।

जसलाई सकारात्मक कदमको रुपमा हेरिएको छ । शिखर वार्ताको मिति नजिकिँदै गर्दा उत्तर कोरियाले भने तीन जना शीर्ष सैनिक अधिकारीलाई हटाएको छ । जसलाई अमेरिकीहरुले उत्तर कोरियाको सेनामा मतभेद भएकै कारण यस्तो भएको टिप्पणी गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);