ग्वाटेमालामा ज्वालामुखीमा परी मृत्यु हुनेको संख्या ६२ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

ग्वाटेमालामा ज्वालामुखीमा परी मृत्यु हुनेको संख्या ६२ पुग्यो

volcano

काठमाडौं, २२ जेठ । ग्वाटेमालामा गएको ज्वालामुखीमा परी मृत्यु हुनेको संख्या ६२ पुगेको छ ।

राजधानी ग्वाटेमाला सिटीबाट ४० किलोमिटर दक्षिण–पश्चिममा रहेको गाउँमा ज्वालामुखी विस्फोट हुँदा मृत्यु भएकाहरुको संख्या अझै बढ्न सक्ने त्यहाँका अधिकारीहरुले बताएका छन् । ज्वालामुखीमा परी कैयौं मानिस हराएका छन् । हराएका मानिसहरुको खोजीका लागि सेनाले अग्नी नियन्त्रकहरुलाई सघाइरहेको छ । अन्र्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार ज्वालामुखीपछि कतिपय गाउँ नै गायब भएका छन् ।

विस्फोटमा परी घाइते भएकाहरु परिवारका सदस्यको स्थिति अज्ञात हुँदा निकै आत्तिएका छन् । ज्वालामुखी विस्फोटपछि खरानीको मुस्लो १० किलोमिटर माथिसम्म उडेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । ज्वालामुखीका कारण १७ लाखभन्दा बढी मानिस प्रभावित भएकामा हजारौं मानिस अस्थायी सेल्टर बनाएर बसेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);