अमेरिकामा डढेलोका कारण ३० जनाभन्दा बढीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

फागुन २९ २०८०, मंगलबार

अमेरिकामा डढेलोका कारण ३० जनाभन्दा बढीको मृत्यु

एजेन्सी, २८ भदौ । अमेरिकाको विभिन्न तीन राज्यमा लागेको डढेलोले ३० जनाभन्दा बढीको मृत्यु भएको छ । अमेरिकाको क्यार्लिफोनिया,वासिङ्टन र ओरेगनमा ३ हप्तादेखि लागेको डढेलोमा परी मृत्यु हुनेको संख्या ३० नाघेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

डढेलोमा दर्जनौँ मानिस सम्पर्कविहीन भएका छन् भने दशाैं हजार मानिस विस्थापित भएका छन् । सयौँ घर तथा गाडीहरु जलेर नष्ट भएका छन् । प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान चेतावनी जारी गरिएको छ ।

४० हजार स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ भने करिब ५ लाखलाई सानुपर्ने देखिएको ओरेगनका अधिकारीले बताएका छन् । डढेलो अझै पनि नियन्त्रणमा आउन सकेको छैन । डढेलो थप फैलिदैं जाँदा समस्या भएको अमेरिकी अधिकारीको भनाई छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);