क्यालिफोर्नियामा डढेलो लाग्दा ९ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

क्यालिफोर्नियामा डढेलो लाग्दा ९ को मृत्यु

california wildfire

एजेन्सी , २४ कात्तिक । अमेरिकाको क्यालिफोर्नियामा लागेको भीषण डढेलोमा परेर कम्तिमा ९ जनाको मृत्यु भएको छ । क्यालिफोर्नियाका दुई स्थानबाट फैलिएको डढेलोका कारण त्यहाँको जनजीवन नै प्रभावित भएको छ ।

जोखिम युक्त क्षेत्रका १ लाख ५० हजार भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । लस एन्जलसको पश्चिमी क्षेत्रबाट फैलिएको डढेलो प्रमुख राजमार्गसम्म बिस्तार भएको छ । आगलागीका कारण मालबुसहितका तटीय क्षेत्रमा जोखिम बढेको छ ।

यस्तै साक्रामेन्तो नजिककै क्याम्प फायरले नष्ट गरेको अवस्थामा पाँच जनाको शव कारमा भेटिएको छ । दुवै क्षेत्रबाट फैलिएको आगो तीव्र रुपमा बिस्तार हुँदै गएका छन् । तीव्र गतिमा हावा चलेका कारण पनि आगो बढी फैलिएको हो । आगलागीका कारण कालाबासास तथा मालबुसहितका क्षेत्र बढी प्रभावित भएका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);