५० जना रोहिग्या शरणार्थी सहित ६ जना मानव तस्कर पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

५० जना रोहिग्या शरणार्थी सहित ६ जना मानव तस्कर पक्राउ

एजेन्सी, २३ कात्तिक । बंगलादेश प्रहरीले ६ जना मानव तस्कर सहित ५० जना रोहिग्या शरणार्थी पक्राउ गरेको छ । विदेशमा रोजगारी दिलाइदिने प्रलोभनमा डुङगाबाट मलेसिया तर्फ लगिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेका व्यक्तिहरुबाट रोहिग्या शरणार्थीलाई अबैध तरिकाबाट विदेश लैजाने र अबैध कार्यमा संलग्न गराउने गरेको पाइएको छ ।

म्यानमाबाट शरणार्थी भई बंगलादेशमा बसोबास गरिरहेका रोहिग्याहरुलाई विदेशमा आकर्षक काम लगाइदिने लोभमा फकाएर अबैध तरिकाले लैजान थालिएको थियो । पछिल्लो पटक मात्रै ५० जना रोहिग्या शरणार्थीलाई डुङगामा चढाएर मलेसियातर्फ लगिरहेको अवस्थामा बंगलादेश प्रहरीले पक्राउ गरि सोधपुछ गरेपछि यस्तो रहस्य हुलेको हो ।

यस सन्दर्भमा प्रहरीले मानव तस्करीको आरोपमा ६ जनालाई पक्राउ गरि कारबाहि अघि बढाएको छ । बंगलादेशको काक्स बजारमा बस्दै आएका शरणार्थीहरुले आफ्नो देश म्यानमार फर्किने वातावरण बन्न नसकेपछि निराश बनेका छन्।

करिब ७ लाख शरणार्थीहरु बसोबास गरिरहेको सो क्षेत्रमा खानेपानि, खाद्यायन्न, लुगााफाटो, शौचालय र औषधिको अभावमा शरणार्थीहरुले समस्या झेल्दै आएका छन् । दातृ निकायहरुले शरणार्थीहरुलाई भरणपोषणका लागि सहयोग गरेता पनि सो सहयोगले मात्र उनीहरुको गुजारा चलाउन कठिनाई भैरहेको शरणार्थीहरुको भनाई छ ।

शरणार्थीहरुले उनीहरुको ज्यानको सुरक्षाको ग्यारेन्टि भएमात्र स्वदेश फर्किने बताउँदै आएका छन् । यहि कारणले गर्दा शरणार्थी शिविरमा बसोबास गर्नेहरुमा निरासा छाएको छ ।

उनीहरुले आफ्नो असुरक्षीत भविष्य सम्झेर चिन्ता ब्यक्त गर्न थालेका छन् । साथै उनीहरु सुनौलो भविष्यको खोजिमा यत्र तत्र भौतारिन थालेका छन् । बंगलादेश सरकारले शरणार्थीहरुलाई स्वदेश फिर्ता पठाउन पहल गरेता पनि म्यानमार सरकार यसतर्फ गम्भिर नहुँदा समस्या जस्ताको त्यस्तै रहेको छ ।

यता मानव तस्करहरुले शरणार्थीहरुलाई आकर्षक प्रलोभनमा पारेर विदेशको विभिन्न ठाउँमा लैजान थालेपछि बंगलादेश सरकारले कडाइ गर्न थालेका छन् । सरकारले मानव तस्करीको सञ्जाल माथि निगरानि बढाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);