क्यालिफोर्नियामा अन्धाधुन्ध गोली चल्दा १२ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असोज २१ २०८३, बिहीबार

क्यालिफोर्नियामा अन्धाधुन्ध गोली चल्दा १२ को मृत्यु

california shooting

एजेन्सी, २३ कात्तिक । अमेरिकाको क्यालिफोर्नियास्थित एक बारमा अन्धाधुन्ध गोली प्रहारको घटनामा एकजना प्रहरीसहित कम्तिमा १२ जनाको ज्यान गएको छ।

स्थानीय समयअनुसार बुधबार रातीको ११:२० बजे क्यालिफोर्नियाको थाउजण्ड ओक्सस्थित “बोर्डरल्याण्ड बार एण्ड ग्रील” नामको बारमा गोली चल्न सुरु भएको थियो। कम्तीमा अन्य १० जना घाइते छन्।

भेन्चुरा काउन्टीका एकजना प्रहरीले मारिनेमा बन्दूकधारी पनि रहेको बताएका छन्। प्रहरीलाई गोलीकाण्डको उद्देश्यका बारेमा पनि केही थाहा हुन सकेको छैन।

प्रत्यक्षदर्शीहरूका अनुसार उक्त बारमा केही दर्जन गोली चलेका थिए।

ताजा समाचार