टेक्सासमा अन्दाधुन्ध गोली प्रहार, ५ को मृत्यु, १६ भन्दा बढि घाइते | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

टेक्सासमा अन्दाधुन्ध गोली प्रहार, ५ को मृत्यु, १६ भन्दा बढि घाइते

texas odessa shooting

एजेन्सी, १५ भदौ । अमेरिकाको टेक्सासमा अन्धाधुन्द गोली चल्दा ५ जनाको मृत्यु भएको छ । घटनामा १६ जनाभन्दा धेरै घाइते भएका छन् ।

ओडेसा सहर प्रहरीले जनाएअनुसार बन्दुकधारीले सबैभन्दा पहिला ट्राफिक प्रहरीले गाडी रोकेका कारण त्यहाँ गोली चलाएको थियो । त्यसपछि एउटा पोस्टल ट्रक लिएर मिडल्याण्ड सहरमा गएर उसले अन्धाधुन्ध गोली चलाएको थियो । प्रहरीले एकजना संदिग्ध पुरुषलाई कम्प्लेक्समा छिरेको बेलामा गोली चलाएर मारेको छ ।

प्रहरीका अनुसार गोली चलाउने व्यक्ति करिब ३५ वर्षको गोरो अनुहारको रहेको छ । घटनाको उद्देश्य प्रष्टभएको छैन । ओडेसाको अस्पतालले दुई वर्षभन्दा कम उमेरको एक शिशु पनि घाइते अवस्थामा ल्याइएको जनाएको छ । त्यहाँ भर्ना गरिएकामध्ये ७ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

गोलीकाण्ड लगत्तै ट्वीटरमा प्रतिक्रिया दिँदै राष्ट्रपति डोनल्ड ट्रम्पले आफूले घटनाको जानकारी लिइरहेको जनाएका छन् । उपराष्ट्रपति माइक पेन्सले पनि घटनाबारे प्रतिक्रिया दिएका छन । पत्रकार सम्मेलन गर्दै उनले ट्रम्प प्रशासन कंाग्रेसमा रहेका दुवै दलका सदस्यहरूसँग मिलेर यस्ता गोलीकाण्डको विषय सम्बोधन गर्न प्रतिबद्ध रहेको बताएका छन ।

टेक्ससको एल पासो नगरमा चार साता अगाडि पनि गोलीकाण्ड भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);