हङकङमा जारी प्रदर्शन नियन्त्रण गर्न सुरक्षाकर्मीले बल प्रयोग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

हङकङमा जारी प्रदर्शन नियन्त्रण गर्न सुरक्षाकर्मीले बल प्रयोग

Hong-Kong-police-open-fire

एजेन्सी, १५ भदौ । हङकङमा जारी सरकार विरोधी प्रदर्शन नियन्त्रण गर्न सुरक्षाकर्मीले बल प्रयोग गरेको छ । प्रदर्शनमा रोक लगाएपनि स्थानीयले बिरोध जारी राखेपछि सुरक्षाकर्मीले अश्रु ग्यास, रबरका गोली र पानीको फोहोरा प्रयोग गरेर भीड तितरवितर पारेको थियो ।

प्रहरीले मेट्रो ट्रेनभित्र समेत आन्दोदनकारी रहेको भन्दै बल प्रयोग गरेको जनाइएको छ । त्यसक्रममा धेरै मानिसहरु घाईते भएका अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका थिए । प्रदर्शनकारीले सार्वजनिक सम्पतिमा क्षति पुर्याएको प्रहरी अधिकारीको दाबी छ ।

विरोधका क्रममा प्रदर्शनकारीले सुरक्षाकर्मीलाई लक्षित गर्दै पेट्रोल बम प्रहार गरेका थिए । त्यसपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । प्रदर्शनकाक्रममा सांसदहरुसहित लोकतन्त्रका समर्थकहरुलाई सुुरक्षाकर्मीले गिरफ्तार गरेका थिए ।

बिगत १३ हप्तादेखि हङकङमा हङकङ जेलमा रहेका नागरिकलाई मुख्य भूमि चीन फर्काउने गरी ल्याइएको सुपुर्दगी सम्बन्धि विधेयकको बिरोधमा सर्वसाधारणले आन्दोलन गर्दे आएका छन ।

आन्दोलन बढ्दै गएपछि सरकारले उक्त विधेयक फिर्ता लिएको थियो । तर बिधेयक पूर्ण रुपमा खारेज गर्नुपर्ने माग प्रदर्शनकारीको रहेको छ । उनीहरुले विधेयक खारेजको साथै हङकङमा पूर्ण प्रजातन्त्रको स्थापना हुनुपर्ने माग पति राखेका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);