हङ्कङमा प्रदर्शनकारी र प्रहरीबीच झडप जारी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

हङ्कङमा प्रदर्शनकारी र प्रहरीबीच झडप जारी

एजेन्सी, २ मंसिर । हङ्कङमा प्रजातन्त्र पक्षधर प्रदर्शनकारी र प्रहरीबीच एउटा विश्वविद्यालय परिसरमा सोमबार पनि झडप भएको छ ।

हङ्कङको पोलिटेक्निक विश्वविद्यालयभित्र प्रहरी प्रवेश गर्न खोजेपछि सयौँ प्रदर्शनकारीहरूले प्रतिरोध गरेका कारण सोमवार बिहान फेरि झडप भएर तनाव चर्किएको संचार माध्यमहरुले जनाएका छन् ।

आइतबारदेखि जारी यो झडमा प्रदर्शनकारीहरूले पेट्रोल बम, ढुंगा वाणलगायतका हतियार प्रहार गरेपछि प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको छ ।

प्रदर्शनकारीहरूले प्रहरीलाई लक्षित गर्दै पेट्रोल बम प्रहार गरेपछि विश्वविद्यालयको मुलढोकाहरूमा आगो लागेको थियो । विश्वविद्यालयलाई सुरक्षाकर्मिले घेरेर राखेका छन् ।

चीनको अर्ध स्वशासित भूभागका रूपमा रहेको हङ्कङमा आन्दोलन सुरु भएयता यो प्रदर्शन सबैभन्दा उग्र भएको बताइएको छ । सोमवार भएको झडपमा प्रदर्शनकारीले प्रहार गरेको बाण लागेर एक प्रहरी अधिकारी घाइते भएको जनाइएको छ ।

प्रहरीले थुप्रै प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । विश्वविद्यालय कब्जा गरेर बसेका प्रदर्शनकारीहरूलाई तत्काल सो स्थान छोड्न प्रहरीले आग्रह गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);