सुपुर्दगी सम्बन्धी विधेयकको विरोधमा हङकङमा पुनः प्रहरी र प्रदर्शनकारीबिच झडप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सुपुर्दगी सम्बन्धी विधेयकको विरोधमा हङकङमा पुनः प्रहरी र प्रदर्शनकारीबिच झडप

हङकङवासी फेरी सडकमा

एजेन्सी, २७ साउन । हङकङमा पुनः प्रहरी र प्रदर्शनकारीबिच झडप भएको छ ।

सरकारविरुद्ध प्रदर्शन गर्दै आएकाहरु र प्रहरीबिच आइतबार राति झडप भएको हो । सरकारविरुद्ध विगत १० हप्तादेखि प्रदर्शन गर्दै आएकोहरुको ठूलो समूह शहरमा प्रवेश गरे लगत्तै उनीहरुलाई रोक्न चाहेको प्रहरीसँग झडप भएको हो । प्रहरीले रेलवे स्टेसनसहित पूरै शहरभर अश्रु ग्यास प्रहार गरेको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । वान चाई जिल्लामा प्रदर्शनकारीले प्रहरीलाई लक्षित गरेर पेट्रोल बम तथा इट्टा प्रहार गरेका थिए ।

त्यसको जवाफमा प्रहरीले प्रदर्शनकारीमाथि लाठी प्रहार गरेको हो । झडपमा प्रहरी र प्रदर्शनकारी तर्फ धेरै घाइते भएको जनाइएको छ । प्रहरीले रबरका गोली पनि प्रहार गरेको छ । सरकारले प्रस्ताव गरेको सुपुर्दगी सम्बन्धी विधेयकको विरोधमा सुरु भएको प्रदर्शन दुई महिना भन्दा बढी समयदेखि जारी छ । प्रदर्शन चर्किँदै गएपछि सरकारले विधेयक फिर्ता लिएको भए पनि प्रदर्शन रोकिएको छैन ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);