हङकङमा फेरि प्रजातन्त्र पक्षधर र प्रहरीबीच हिंसात्मक झडप | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

हङकङमा फेरि प्रजातन्त्र पक्षधर र प्रहरीबीच हिंसात्मक झडप

hongkong

एजेन्सी, १३ साउन । हङकङमा फेरि प्रजातन्त्र पक्षधर प्रदर्शनकारी र प्रहरीबीच हिंसात्मक झडपहरू भएका छन् ।

प्रहरीले गरेको भनिएको दमनविरुद्ध प्रदर्शनकारीहरू आक्रोशित छन् । प्रहरीले त्यहाँ रहेको चीन सरकारको कार्यालय पुग्न खोजिरहेका प्रदर्शनकारीहरूमाथि अश्रुग्यास र रबरका गोली प्रहार गरेको छ । दशौँ हजार प्रदर्शनकारीहरू सडकमा उत्रिएका थिए । हङकङमा सरकारविरुद्ध र प्रजातन्त्रको पक्षमा प्रदर्शनहरू भएको लगातार यो आठौँ सप्ताहन्त हो । तर पछिल्ला प्रदर्शनका क्रममा प्रदर्शनकारी, प्रहरी र आपराधिक समूहसँग आबद्ध ठानिएका मुखुन्डोधारीहरूबीच हिंसात्मक झडपहरू भएका छन् । आइतबारको प्रदर्शनका सहभागीहरूले विभिन्न स्थानमा अवरोधका निम्ति छेकबार खडा गरेर ’स्वतन्त्र हङ्कङ’ को नारा लगाएको थिए ।

सयौँ प्रहरीले चीनको सम्पर्क कार्यालय जान नदिन प्रदर्शनकारीहरूलाई रोकेका थिए । उक्त भवनलाई प्लास्टिकको छेकबार लगाइनुका साथै भवनको अग्रभागको ढोकामाथि रहेको चिनियाँ प्रतीकलाई प्लास्टिकले बेरिएको थियो । प्रदर्शनकारीहरूले उक्त भवनलाई अघिल्लो आइतबार पनि निसाना बनाएका थिए । उनीहरूले चिनियाँ प्रतीकमा कालो रङ्ग छ्यापेका थिए । चिनियाँ अधिकारीहरूले भने उक्त कदमलाई बेइजिङको प्राधिकारमाथिको चुनौती भन्दै त्यो ’सह्य नहुने’ चेतावनी दिदै आएका छन् । मुख्य भूमि चीनलाई सुपुर्दगी गर्ने व्यवस्था गरिएको विवादास्पद विधेयक हङ्कङ सरकारले प्रस्तुत गरेपछि त्यहाँ प्रदर्शन सुरु भएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);