बेलायतले हङकङ, चीनलाई हस्तान्तरण गरेको २२ औं वार्षिकोत्सव मनाइँदै, प्रहरी र प्रदर्शनकारीबीच झडप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

बेलायतले हङकङ, चीनलाई हस्तान्तरण गरेको २२ औं वार्षिकोत्सव मनाइँदै, प्रहरी र प्रदर्शनकारीबीच झडप

hongkong

एजेन्सी, १७ असार । बेलायतले हङकङ, चीनलाई हस्तान्तरण गरेको २२ औं वार्षिकोत्सव मनाइँदै गर्दा हङकङमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।

हङकङको संसदमा छिरेर तोडफोड गर्ने प्रदर्शनकारीमाथि अश्रुग्यास प्रयोग गर्दै प्रहरीले उनीहरूलाई त्यहाँबाट बाहिर निकालेका छन् । प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास र लाठी प्रहार गरेको थियो । सोमबारको यो प्रदर्शनलाई एक महिनायता सुपुर्दगीसम्बन्धी विवादस्पद विधेयकको विरोधमा भएको प्रदर्शनकै शृंखलाकारुपमा हेरिएको छ ।

सरकारले विधेयक अनिश्चितकालका लागि स्थगित गरेको घोषणा गरेपनि प्रदर्शनकारीहरुले त्यसको खारेजी र प्रमुख कार्यकारी क्यारी लामले राजीनामा दिनुपर्ने माग गरेका छन् । प्रदर्शनकारीले नाली सफा गर्ने ठानिएको तरल पदार्थ छ्यापिदिएपछि १३ जना प्रहरी अस्पताल भर्ना भएका छन् । हिंसात्मक विरोध प्रदर्शनहरूका कारण वर्षगाँठका समारोह प्रभावित भएको छ । यसअघि, दशौँ हजार बेइजिङ समर्थक प्रदर्शनकारीहरू पनि प्रहरीको समर्थनमा सडकमा उत्रिएका थिए । सन् १९९७ यता हङकङ एक देश, दुई प्रणालीअन्तर्गत रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);