मुम्बईमा भारी वर्षा, २७ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मुम्बईमा भारी वर्षा, २७ जनाको मृत्यु

mumbai

एजेन्सी, १७ असार । भारतमा भारी वर्षाका कारण विभिन्न तीन ठाउँमा पर्खाल भत्किँदा ज्यान गुमाउनेको संख्या २७ पुगेको छ । मुम्बई र पुणेका छुट्टाछुट्टै तीन ठाउँमा भारी वर्षाका कारण पर्खाल भत्किँदा २७ जनाको मृत्यु भएको हो ।

पर्खाल भत्किँदा अन्य धेरै घाइते भएका छन् । केही गम्भीर छन् । मृतकको संख्या बढ्न सक्ने जनाइएको छ । महाराष्ट्रका मुख्यमन्त्री देवेंद्र फडणवीसले ज्यान गुमाउने परिवारलाई प्रति परिवार पाँच लाख रुपैयाँ दिने घोषणा गरेका छन् । मुम्बईको मलाड ईस्टमा पर्खाल भत्किँदा १८ जनाको मृत्यु भएको हो ।

मलबेकै भत्किएको पर्खालमा केही मानिसहरु पुरिएको हुनसक्ने भन्दै उद्धारकार्य जारी राखिएको छ । त्यस्तै पुणेको सिंहगढ़ कलेजको पर्खाल भत्किँदा ६ जनाको मृत्यु भएको छ । सो घटनामा ४ जना घाइते भएका छन् । त्यस्तै पर्खाल भत्किएको अर्को घटना कल्याणमा भएको हो । जहाँ तीन जनाको ज्यान गएको छ ।

मुम्बईको पूर्वी मलाड क्षेत्रको पिंपरीपाडामा भारी वर्षा पछि पर्खाल भत्किएको हो । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । भारी वर्षाका कारण उद्धार तथा राहतमा कठिनाइ भइरहेको जनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);