भारतको पुणेमा पर्खाल भत्किँदा कम्तिमा १४ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

भारतको पुणेमा पर्खाल भत्किँदा कम्तिमा १४ जनाको मृत्यु

pune wall collapse

एजेन्सी, १४ असार । भारत महाराष्ट्रको पुणेमा पर्खाल भत्किँदा कम्तिमा १४ जनाको मृत्यु भएको छ । शनिबार बिहान लगातारको वर्षाका कारण कोन्धवामा पर्खाल भत्किएको हो ।

६० फिट अग्लो पर्खालले सँगै जोडिएर रहेका झुपडी पुरिँदा ठूलो क्षति भएको हो । कम्तिमा दुईजना अझै भत्किएको ठाउँमा पुरिएको बताइएको छ । खोजी तथा उद्धारको काम जारी छ ।घटनामा घाइते भएकाहरुको संख्या यकिन भएको छैन ।

दुईजनालाई सकुशल उद्धार गरिएको छ । मृत्यु हुनेहरुमा चारजना बालबालिका पनि रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);