भवन भत्किँदा ५ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

भवन भत्किँदा ५ जनाको मृत्यु

अम्मान। जोर्डनको राजधानी सहर अम्मानमा मंगलबार एउटा चार तले आवासीय भवन भत्किँदा पाँच जनाको मृत्यु भएको छ भने अन्य १४ जना घाइते भएको अधिकारीहरूले जनाएका छन् । भत्किएको भवनमा केही मानिस फसेका छन् । एक विज्ञप्तिमा सुरक्षा प्रवक्ता आमेर अल–सर्तावीले पाँच जनाको मृत्यु भएको बताए । नागरिक रक्षा सेवाका प्रवक्ताले भत्किएको भवनमा अझै धेरै मानिस फसेको दाबी गरे । तर, कति मानिस फसेका छन् भन्ने केही खुलाइएको छैन् ।

प्रधानमन्त्री बिसेर अल–खासवनेहले भत्किएको भवनको निरीक्षण गरेका छन् । घटनाबारे अनुसन्धान गर्न प्रधानमन्त्रीले सहरका मेयरलाई निर्देशन दिएका प्राप्त विवरणहरूमा जनाइएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);