भारतमा भारी वर्षाका कारण एक आवासीय भवन भत्किँदा ११ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

भारतमा भारी वर्षाका कारण एक आवासीय भवन भत्किँदा ११ जनाको मृत्यु

एजेन्सी । भारतको मुम्बईमा बुधबार राति भारी वर्षाका कारण एक आवासीय भवन भत्किँदा ११ जनाको मृत्यु भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार मुम्बईको मलाड पश्चिम क्षेत्रमा बुधबार राति आवासीय चार तले भवन भत्किएको हो । त्यहाको स्थानीय संचारमाध्यमका अनुसार मलाडको कलेक्टर कम्पाउन्डमा घर भत्किँदा हालसम्म ११ जनाको शव फेला परेको र अन्यको खोजी कार्य जारी रहेको बताइएको छ ।

साथै ८ जना गम्भीर घाइते भएका छन् । अन्य मानिस आसपासका अन्य ३ भवनको अवस्था पनि जोखिमपूर्ण भएकाले त्यहाँका मानिसलाई अन्यत्र सार्ने काम भईरहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);