उत्तरी अफगानिस्तानमा बन्दुकधारीको आक्रमणबाट १० जनाको मृत्यु , १३ घाइते | ईमाउण्टेन समाचार

Our Network

फागुन ३० २०८०, बुधवार

उत्तरी अफगानिस्तानमा बन्दुकधारीको आक्रमणबाट १० जनाको मृत्यु , १३ घाइते

एजेन्सी । अफगानिस्तानमा बन्दुकधारीको आक्रमणबाट १० जनाको मृत्यु भएको छ ।

उत्तरी अफगानिस्तानको बगलानस्थित एक ट्रस्टमा कार्यरत सफाइ कर्मचारीमाथि नकाबधारीहरुले गोली प्रहार गरी हत्या गरेका हुन् ।

साथै उक्त घटनामा १३ जना कर्मचारीसमेत घाइते भएको बताइएको छ । अफगानी अधिकारीहरुले तालिवानीलाई आरोप लगाएपनि इस्लामिक स्टेट आइएसले सो घटनाको जिम्मेवारी लिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

अफगान सरकार र विद्रोही तालिवानबीच शान्ति वार्ता अघि बढ्न नसकिरहेका बेला अमेरिकी सेनाको बर्हिगमनसँगै हिंसाका घटनाहरु बढ्न थालेपछि सरकारी अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् ।

अफगानिस्तानमा गत मे १ देखि हिंसाका घटनाहरु फेरि बढ्न थालेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);