अफगानिस्तानमा बन्दुकधारीको आक्रमणबाट एक पत्रकारको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

अफगानिस्तानमा बन्दुकधारीको आक्रमणबाट एक पत्रकारको मृत्यु

एजेन्सी, १९ पुष । अफगानिस्तानमा बन्दुकधारीले एक पत्रकारको हत्या गरेका छन् । घोर प्रान्तमा बन्दुकधारीको आक्रमणमा स्थानीय रेडियो स्टेशनका प्रधान सम्पादक बिस्मिल्लाह अइमकको मृत्यु भएको हो ।

स्थानीय संचारमाध्यमका अनुसार एक महिना अघिपनि अइमकको हत्या प्रयास भएकोमा उनी बाँच सफल भएपनि शुक्रबार राति हत्या भएको छ । घोरको राजधानी फेरोज कोह नजिकै अइमक सवार गाडीमा बन्दुकधारीले आक्रमण गरेको बताइएको छ ।

परिवारसँग भेट गरेर फर्किँदै गर्दा उनी आफ्ना भाइसमेत सँगै भएपनि उनलाई भने केही भएको छैन ।

पछिल्लो दुई महिनामा कम्तिमा पाँच पत्रकारको अफगानिस्तानमा हत्या भएको छ । पत्रकार तथा अरु अधिकारकर्मीमाथि भएका आक्रमणको संयुक्त राष्ट्रसंघ, नेटो तथा युरोपियन युनियनले निन्दा गर्दै आएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);