अफगानिस्तानको आक्रमणमा परी १४ पर्यटकसहित १८ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत २७ २०८०, मंगलबार

अफगानिस्तानको आक्रमणमा परी १४ पर्यटकसहित १८ जनाको मृत्यु

kabul

काठमाडौं, ८ माघ । अफगानिस्तानको राजधानी काबुलस्थित इन्टर कन्टिनेन्टल होटलमा बन्दुकधारीको आक्रमणमा परी १४ पर्यटकसहित १८ जनाको मृत्यु भएको छ ।

अफगानिस्तानका गृहमन्त्रीले १४ जना विदेशी महिला र चार अफगान नागरिकको मृत्यु भएको पुष्टि गरेका छन् । मृतक १४ पर्यटकमध्ये ९ जना युक्रेनका हुन् भने जर्मनी, ग्रीस र काजकस्तानका एक \ एक जना हुन् । दुई पर्यटकको भने पहिचान हुन बाँकी रहेको बताइएको छ । सुरक्षाकर्मीको कारवाहीमा तीन जना बन्दुकधारीको पनि मृत्यु भएको छ ।

प्रत्यक्षदर्शीका अनुसार पर्यटकहरु डिनरमा रमाइरहेका बेला बन्दुकधारीले हवाइ फायर गरी छैटौं तलामा बम पड्काएका थिए । बन्दुकधारीले सुरुमा एक विदेशी महिलाको हत्या गरे । त्यसपछि होटलका कर्मचारीसँग खाना मगाएर खाइ पर्यटकमाथि गोली बर्षाएको प्रत्यक्षदर्शीलाई उद्यृत गर्दै अन्र्तराष्टिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

सुरक्षाकर्मीले होटललाई १२ घण्टापछि बन्दुकधारीबाट मुक्त गराएको छ । त्यसक्रममा १० जना घाइते भएका छन् । सुरक्षाकर्मीले होटलबाट १ सय ६० जनाको उद्दार गरेको छ । अन्र्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार तालिबान विद्रोहीले होटलमा भएको आक्रमणको जिम्मा लिएको छ । तालिवान बिद्रोहीले सन् २०११ मा पनि यो होटलमा आक्रमण गरी २१ जना पर्यटकको ज्यान लिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);