काबुलमा आत्मघाती बम आक्रमणमा परी ४० जनाको मृत्यु, १ सय ४० घाइते | ईमाउण्टेन समाचार

Our Network

जेठ २९ २०८३, शनिबार

काबुलमा आत्मघाती बम आक्रमणमा परी ४० जनाको मृत्यु, १ सय ४० घाइते

एजेन्सी, १३ माघ । अफगानिस्तानको राजधानी काबूलमा आत्मघाती बम बिस्फोटनमा परी ४० जनाको मृत्यु भएको छ । विस्फोटनमा अन्य १ सय ४० जना घाईते भएका छन् ।

अधिकारीहरुका अनुसार बिष्फोटक पदार्थले भरिएको एम्बुलेन्समार्फत आएका आक्रमकारीले उक्त घटना घटाएको बताएका छन । अफगानिस्तानको आन्तरिक मामिला मन्त्रालय नजिकै उक्त बिष्फोट भएको थियो ।

जसमा युरोपियन यूनियन र शान्तिपरिषदको कार्यालय पनि नजिकै रहेको जनाइएको छ । अफगानिस्तानमा भएको उक्त बिष्फोटन यो साताकै दोश्रो ठूलो भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

घटनाको जिम्मा अफगानी लडाकू समूह तालिवानले लिएको छ । एक साताअघि काबुलमै भएको बिष्फोटनमा पनि २२ जनाको मृत्यु भएको थियो ।