अफगानिस्तानको जलालावादमा आत्मघाती वम आक्रमणमा १९ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

अफगानिस्तानको जलालावादमा आत्मघाती वम आक्रमणमा १९ जनाको मृत्यु

bom blast

एजेन्सी, १८ असार । अफगानिस्तानको पूर्वी शहर जलालावादमा भएको आत्मघाती बम आक्रमणमा १९ जनाको मृत्यु भएको छ ।

राष्ट्रपति असरफ घानीसँग भेट गर्न जाँदै गरेका शिख समुदायका मानिस आत्मघाती बम आक्रमणको शिकार भएका हुन् । शिख नेता अवतार सिंह खालसाको पनि मृत्यु भएको छ । अवतार सिंह आगामी अक्टोबरमा हुने संसदीय चुनाव लड्ने योजनामा रहेको बताइएको छ । अस्पताल उद्घाटनका लागि जलालावाद आएका राष्ट्रपति घानीलाई भेट्न सिंहको नेतृत्वमा शिख समुदायका मानिस राष्ट्रपति घानी बसेको ठाउँतर्फ जाँदै थिए ।

अल्पसंख्यक शिख समुदायका मानिस सवार गाडीमा लक्षित गरेर गराइएको बम विस्फोटमा परी २० जना घाइते भएका छन् । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बम आक्रमणका कारण स्थानीय भवन र पसलमा क्षति पुगेको छ । इस्लामिक स्टेटले घटनाको जिम्मेवारी लिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);