अफगानिस्तानको राजधानीमा आत्मघाती हमला, २८ जनाको मृत्यु २० भन्दा बढी घाईते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

अफगानिस्तानको राजधानीमा आत्मघाती हमला, २८ जनाको मृत्यु २० भन्दा बढी घाईते

afagansthan

काठमाडौं, १० पुस । अफगानिस्तानको राजधानी काबुलस्थित एक सरकारी कार्यालयमा भएको आत्मघाती हमलामा २८ जनाको मृत्यु भएको छ ।

काबुलस्थित नागरिक निर्माण (पब्लिक वक्र्स) मन्त्रालयको परिसरमा आत्मघाती हमला भएको हो । प्रहरीले गरेको जवाफी कारबाहीमा तीन जना आक्रमणकारीको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । मारिनेमा प्रहरी अधिकारीसमेत परेका छन् । घटनामा २० जना घाइते भएका छन् ।

आत्मघाती हमलाकारीहरुले सबैभन्दा पहिला मन्त्रालयको प्रवेशद्वार नजिकै कार बम विस्फोट गराएका थिए । त्यसपछि बन्दुकधारीहरुले कार्यालयभित्रै पसेर गोली चलाएको अधिकारीहरुले जनाएका छन् । आत्मघाती हमला भएका बेला कार्यालयभित्र सयौं कर्मचारी रहेको बताइएको छ । उनीहरु कोही कार्यालयभित्रै लुकेका थिए भने कोही भागेका थिए ।

आक्रमणमा परेर मृत्यु भएका र घाइते भएकाहरुको संख्या बढ्न सक्ने अधिकारीहरुले जनाएका छन् ।आक्रमणको जिम्मेवारी कसैले पनि लिएको छैन । यसअघि अफगानिस्तानमा यस्ता आक्रमणका घटना इस्लामिक स्टेट र तालिवानले गर्ने गरेका हुन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);