सोमालियाको सैनिक तालीम केन्द्रमा भएको आत्मघाती बिस्फोटमा १५ जनाको मृत्यु, २० घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

सोमालियाको सैनिक तालीम केन्द्रमा भएको आत्मघाती बिस्फोटमा १५ जनाको मृत्यु, २० घाइते

एजेन्सी । सोमालियाको सैनिक तालीम केन्द्रमा भएको आत्मघाती बिस्फोटमा नयाँ भर्ना हुन आएका १५ जना सैनिकहरुको मृत्यु भएको छ ।

घटनामा २० भन्दा बढी घाइते भएका छन् भने घाइते मध्ये १४ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

सोमालियाको राजधानी मोगादिशुको मेडिना जिल्ला स्थित सैनिक तालिम केन्द्रमा विस्फोटक पदार्थसहितको ज्याकेट लगाएका एक आत्मघाती हमलाकारी प्रशिक्षार्थीको भेषमा प्रवेश गरी आत्मघाती बिस्फोट गराएको अन्तराष्ट्रिय समाचार सस्थाले जनाएका छन् ।

घटनाको जिम्मेवारी आतंकवादी संगठन अल–शबाबले लिएको छ । मारिेने र घाइते हुनेमा नयाँ भर्तीका लागि तालीम लिइरहेका सैनिकहरु रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);