चाइना थ्रेट थ्योरीलाई बढावा दिन रोक्न र चीनको विकासलाई तर्कसंगत ढंगले हेर्न नेटोलाई चीनको आग्रह | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

चाइना थ्रेट थ्योरीलाई बढावा दिन रोक्न र चीनको विकासलाई तर्कसंगत ढंगले हेर्न नेटोलाई चीनको आग्रह

एजेन्सी । आफ्नो सैन्य क्षमताको शान्तिपूर्ण विकासलाई नेटोले बदनाम गरेको चीनको आरोप छ ।

ब्रसेल्समा बसेको उत्तर एटलान्टिक सन्धि संगठन नेटोको बैठकमा नेताहरुले चीनको सैन्य तथा आणविक गतिविधिले विश्वमा गम्भीर सुरक्षा चिन्ता थपिएको बताएका थिए । सोही विषयमा प्रतिक्रिया दिँदै चीनले आफ्नो सैन्या क्षमताको शान्तिपूर्ण विकासलाई नेटोले बदनाम गरेको आरोप लगाएको हो ।

युरोपियन युनियनका लागि चीन मिसनका प्रवक्ताले मंगलबार नेटोलाई ‘चाइना थ्रेट थ्योरी’ लाई बढावा दिन रोक्न आग्रह गर्दै चीनको विकासलाई सापेक्ष र तर्कसंगत रुपमा हेर्न समेत आग्रह गरेका छन् । साथै चीनले आफूहरुको सुरक्षाको लागि इच्छा र सैनिक आधुनिकिकरण न्यायसंगत जिम्मेवार र पारदर्शी भएको पनि दाबी गरेको छ ।

यसअघि, चीनले रुसी सैनिकसँग सहकार्य गरेको आरोप पनि नेटोले लगाएको थियो । नेटोका जेन्स स्टोल्टेनबर्गले चीन सैन्य तथा प्राविधिक शर्तहरुमा नेटो नजिक आएको भन्दै चेतावनी दिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । तर नेटो चीनसँग नयाँ शित युद्धको पक्षमा नरहेकोसमेत स्पष्ट पारिएको छ ।

नेटो युरोप र उत्तर अमेरिकाका ३० शक्तिशाली देशबीचको सैन्य तथा राजनीतिक सहकार्यको संगठन हो जो पछिल्ला वर्षहरुमा संगठनको उद्देश्य र कोषको स्रोतलाई लिएर विवादमा देखिएको छ ।

खासगरी अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प आएपछि तनाव बढेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);