बहुध्रवीय कुटनीतिले मध्यपूर्वमा चिनियाँ प्रभाव बलियो बन्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बहुध्रवीय कुटनीतिले मध्यपूर्वमा चिनियाँ प्रभाव बलियो बन्दै

एजेन्सी,११ भदाै ।चीन अहिले विश्वकै आर्थिक शक्ति बन्ने प्रयासमा अघि बढिरहेको छ । चीनले विश्वको आर्थिक शक्ति बन्नका लागि चुनौती र अवसरलाइ राम्ररी बुझेको पनि छ ।अमेरिकालाई पाखा लगाएर विश्वकै आर्थिक शक्ति बन्ने लामो यात्रामा चीनले प्रमुख रणनीति अन्तर्गत मध्यपुर्वमा आफ्नो प्रभाव बढाइरहेको छ । उद्देश्य प्राप्तिमा अमेरिकालाई सबैभन्दा ठूलो बाधा र चुनौती ठानेको चीनले मध्यपूर्वमा प्रभुत्व जमाउदै छ ।

मेरिका लगायत पश्चिमी मुलुकहरूले मध्यपूर्वमा बल प्रयोग र कुटनीतिको आडमा हस्तक्षेप बढाउदै गएपछि मध्यपूर्व अशान्त हुदै आएको हो । तर, पछिल्लो समय विश्व महाशक्ति बन्ने दौडमा रहेको चीनले मध्यपूर्वमा शान्तिपूर्ण तरिकाले प्रभुत्व कायम गर्दै गएको छ ।अमेरिकाको एकध्रुवीय विश्व दृष्टिकोणले अमेरिका लगभग असफल हुदैँ गएको छ । अमेरिकी प्रभुत्वले विश्व साना राष्ट्रहरु आक्रान्त भएपछि चीनले बहुध्रुवीय नीतिले साझेदारी विकासको लक्ष्य लिएको छ ।

अमेरिकी जोरजबस्ती नीतिको विकल्पमा चीनले शान्तिपूर्ण साझेदार राष्ट्रको रुपमा उभ्याएको छ ।सन १९५६ देखि चीन र अरब लीगबीच औपचारिक सम्बन्धको सुरुवात भयो । तर, सन १९९३ मा अरब लीगले चीनमा कार्यालय खोलेपछि सम्बन्धले बिस्तारै गतिलिन थालेको हो ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले मध्यपूर्वमा शान्ति प्रवर्द्धन गर्न चाहेको भन्दै आपसी विकासका लागि बेल्ट एन्ड रोड इनिसिएटिभमा सबैलाई संलग्न गराउने दौडमा छन् । चिनियाँ राष्ट्रपति सीको योजना अनुसार चीनको उपस्थितिले मध्यपूर्वमा विश्वासिलो उपस्थिति पाएको छ।

चीनले तेलको आयात र मशिनरी सामान लत्ताकपडाको निर्यातमार्फत मध्यपूर्वमा आर्थिक प्रभाव जमाउदै गएको छ । राष्ट्रपति सीको महत्तत्वाकांक्षी ‘वान बेल्ट, वान रोड ओबीओआर परियोजनाले प्राचीनकालको रेशमीमार्गलाई ब्युँताउन खोजिरहेको छ । यसमा मध्यपूर्वका मुलुकहरु आकर्षित भएका छन् ।

पश्चिमाभन्दा फरक रूपमा चीनले दशकौंदेखि मध्यपूर्वमा अहस्तक्षेपको नीति अपनाउँदै आएको छ । अमेरिकाले मध्यपूर्वमा हस्तक्षेप नीतिमा शत्रुतापूर्ण व्यवहार गर्दै आएको छ। तर, चीन चाहिँ मध्यपूर्वका देशसँग मित्रवत सम्बन्ध कायम गरिरहेको छ । सन् २०१६ मा अफ्रिकी मुलुक जिबुटीमा सैन्य आधार शिविर स्थापना गरेर चीनले अरब, खाडी र मध्यपूर्वमा सैन्य उपस्थिति पनि बढाएको छ । द्वन्द्वग्रस्त यमननजिकै रहेको क्षेत्रमा चीनले रणनीतिक रुपमै सैन्य आधार शिविर स्थापना गरेको हो ।

अरब क्षेत्रको गरीब मुलुक यमनसंग पनि चीनको राम्रो सम्बन्ध छ । अमेरिकाको सहायतामा साउदी अरबले यमनमा हिंसा मच्चाइरहेको अवस्थामा चीनले यमनलाई मानवीय सहायता दिइरहेको छ । चीनले अरब नीति सम्बन्धी एक अवधारणापत्र पनि प्रकाशित ग¥यो । अनि सिरियाको द्वन्द्व समाधानका लागि एक विशेष दूत पनि नियुक्त गरेको छ।

शान्ति प्रवर्द्धनलाई नै मुख्य लक्ष्य बनाएर चीनले यस क्षेत्रका दुई ठूला शक्ति राष्ट्र साउदी अरब र इरानका बीच शान्तिवार्ता गराउने चीनको प्रयास अझै जारी छ । दुबै चीनका राम्रा मित्र हुन् । मध्यपूर्वमा चीनको बढ्दो प्रभावलाई अमेरिकीले अस्वाभाविक रूपले लिदै आएको छ । तर, चीनले मध्यपूर्वमा सैन्य संलग्नताभन्दा पनि आर्थिक लगानी बिस्तारै बढाउँदै लगेको छ ।

यही नीति अन्तर्गत चीनले ओबीओरलाई आक्रामक रूपमा अघि बढाइरहेको छ । सन् २०१४ मा ४० अर्ब डलर लगानीका साथ शुरु भएको ओबीओआर अन्तर्गत चीनले पाकिस्तानमा रहेको रणनीतिक रूपमा महत्वपूर्ण ग्वादर बन्दरगाहमाथि प्रभाव जमाएको छ । यसले चीनलाई होर्मुज स्ट्रेट र मध्यपूर्वमा सहज पहुँच भएको छ ।यही क्षेत्रबाट संसारको २० प्रतिशत कच्चा तेल आयात निर्यात हुन्छ । यसैलाई अघि बढाउँदै चीनले इरान, इजिप्ट र इजरायलमा सम्पर्क विन्दु स्थापना गरेर मध्यपूर्वमा प्रभाव जमाउँदैछ ।

चीनले पञ्चशीलको सिद्धान्त मध्यपूर्वमा लागू गरिरहेको छ । एकअर्काको सम्प्रभुता र भौगोलिक अखण्डताप्रति सम्मान, युद्धबाट बच्ने, अर्काको आन्तरिक मामिलामा अहस्तक्षेप नीति, समानता तथा पारस्परिक हित र शान्तिपूर्ण सहअस्तित्व यस सिद्धान्तका आधार हुन् ।

चीनले इजरायल र प्यालेस्टाइन दुबैसँग राम्रो सम्बन्ध बनाएर उनीहरुबीचको समस्या टुंग्याउन पाँचबुँदे योजना पनि सार्वजनिक गरेको थियो । विश्वको दोस्रो ठूलो अर्थतन्त्रले मध्यपूर्वमा गरेको लगानीलाई त्यहाँ सकारात्मक रूपमा हेरिएको छ । अमेरिकाको एकध्रुवीय विश्व दृष्टिकोणको विकल्पमा चीनले बहुध्रुवीय नीतिले विकासमा साझेदारीमा अघि बढेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);