नेपाल र विश्व शक्ति समीकरण: असंलग्नताको कूटनीतिक रणनीति | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८३, सोमबार

नेपाल र विश्व शक्ति समीकरण: असंलग्नताको कूटनीतिक रणनीति

काठमाडौँ,

विश्वका शक्तिशाली राष्ट्रको भूराजनीति, सैन्य गतिविधि र आर्थिक नीतिले नेपाल जस्ता विकासोन्मुख राष्ट्रलाई प्रत्यक्ष प्रभाव पार्छ । नेपालको कुटनीति असंलग्नता परराष्ट्र नीतिमा आधरित छ । जसले विश्वका सवै देशसँग समान र मैत्रीपुर्ण सम्वन्ध विस्तार गर्न भन्छ । तर नेपालको कुटनीति लचिलो हुँदा वेलाबखत नेपाल शक्तिराष्ट्रको निशानामा पर्ने गरेको छ । विश्वको भूराजनीति, सैन्य शक्ति र आर्थिक दृष्टिकोणले अमेरिका, चीन , रुस र भारत अग्रपंक्तिमा आउछन् । यि देशले आफ्नो प्रभुत्व विश्वभर फैलाउन विभिन्न नीति र परियोजना अविकसित राष्ट्रको लागी ल्याउने गर्दछन् । जसको निशानामा प्रायः आर्थिक रुपमा चरम गरिवी र अस्थिर राजनीतिक अवस्था रहेको देश पर्ने गर्छन् । नेपाल पनी भौगोलिक, आर्थिक र राजनीतिक दृष्टिले तरल अवस्थामा छ । पछिल्लो समय उदयमान महाशक्तिराष्ट्र चीन उत्तरमा छ भने दशकौ देखि विश्वमा एक छत्र राज गरिरहेको अर्को देश अमेरिका छ । यि देशले विश्वमा आफ्नो प्रभाव फैलाउन अविकसित राष्ट्रहरुलाई मोहरा वनाउने गर्छन् । जसको जल्दोवल्दो एक उदाहरण युक्रेन हो । नेपाल पनी विश्वको भुराजनीतिक दृष्टिले निकै संवेदनशिल स्थानमा अवस्थित छ ।

भारत आफ्नो अर्थतन्त्रलाई मजवुद वनाउन चीन र रुस जस्ता शक्ति राष्ट्रसँग हात मिलाएको छ । यसकै परिणाम नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानीको भुभाग चीन र भारतले व्यापारिक परियोजनका लागी संझौता गरेका छन् । १८१६ मा भएको सुगौली सन्धी नेपालको सार्वभौम भुभाग रहने प्रष्ट उल्लेख गरिएको छ । तर देशको नेतृत्व चतुर र दुरदर्शी हुन नसक्दा यस्तो हुन गएको सिमाविद वताउछन् । नेपालको कुटनीति सक्षम र परिपक्क हुन नसक्दा यस्ता समस्या देखिने भएकाले देशको नेतृत्वले राष्ट्रिय तथा अन्तराष्ट्रिय समुदायमा वलियोसँग आफ्नो हित र स्वाधिनताको वारेमा वोल्नुपर्ने तर्क उनिहरुको छ ।

चीन र भारतले तेस्रो मुलुक अमेरिका विना पनी देशको स्वाधिनता रक्षा गर्न सक्छन् । तर नेपालको अवस्था भने त्यस्तो छैन । छिमेकी दुवै मुलुकको नेपालप्रति आफ्नै स्वार्थ छ । तर पनी देशको विकास र उन्नतीका लागी छिमेकी मुलुकसँग मिल्नुको विकल्प छैन् । कुनै देशलाई चिढाएर गर्ने निर्णयले नेपालको सार्वभौमसत्ताको लागि खतरा हुन सक्छ । नेपालको परराष्ट्र नीति असंलग्ना र पंचशिलतामा विश्वास अडिक रहेको छ । यहि नीतिलाई सशक्त रुपमा उठाएर राष्ट्रिय हितको पक्षमा नेतृत्वले काम गर्नुपर्ने पराराष्ट्र मामिलाका जानकारहरु वताउछन् ।
नेपाल भुपरिवेष्ठित मुलुक हो । प्रत्येक देशले आफ्नो देशको विकास र उन्नतीको लागी अन्य मुलुकसँग स्वार्थ साँध्ने गर्छन् । नेपालले पनी छिमेकी देशले गर्न खोजेका गतिविधि र चलखेल वुझ्नैपर्छ ।

Report by Nishan Thapa

Leave a Reply