दक्षिण एशियाको भूराजनीति र शक्ति राष्ट्रको प्रतिष्पर्धा नेपालका लागि चुनौतीपूर्णः डा. राजन भट्टराई | ईमाउण्टेन समाचार

Our Network

असोज २९ २०८३, शुक्रबार

दक्षिण एशियाको भूराजनीति र शक्ति राष्ट्रको प्रतिष्पर्धा नेपालका लागि चुनौतीपूर्णः डा. राजन भट्टराई

काठमाडौँ ।  नेकपा एमालेका सचिव एवं परराष्ट्र मामिला विज्ञ डा. राजन भट्टराईले दक्षिण एशियामा भइरहेको राजनीतिक फेरबदल र शक्ति राष्ट्रहरूबीचको प्रतिष्पर्धाले नेपालका लागि नयाँ चुनौती थपेको बताउनुभएको छ ।
नेपाल कानून समाज र संविधान निगरानी समूहद्वारा आयोजित ‘नेपालको परराष्ट्रनीतिः अवसर, चुनौती र भावी कार्यदिशा’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै डा. भट्टराईले यस्तो बताउनुभएको हो । डा. भट्टराईले दक्षिण एशियाका प्रमुख मुलुकहरूमा देखिएको शासन परिवर्तन (रिजिम चेन्ज) को लहर र त्यसले शक्ति राष्ट्रहरूबीच निम्त्याउन सक्ने सहकार्य वा द्वन्द्वको अवस्थाबारे सुक्ष्म विश्लेषण आवश्यक रहेकोमा जोड दिनुभयो ।

उहाँकाअनुसार नेपालमा सञ्चालित कनेक्टिभिटीका परियोजनाहरू, अमेरिकी सहयोग परियोजना (एमसीसी) र चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) जस्ता विषयहरू अहिले यही भूराजनीतिक खिचातानीसँग जोडिएका छन् । नेपालको भौगोलिक अवस्थितिको महत्व उल्लेख गर्दै डा. भट्टराईले शक्ति राष्ट्रहरूको उदयसँगै नेपाल उनीहरूको निगरानीको केन्द्र बनेको टिप्पणी गर्नुभयो । उनीहरूले नेपालमा आफ्नो प्रभाव विस्तार र सुदृढीकरण गर्न खोजिरहेको भन्दै उहाँले यसलाई ’सफ्ट बेली’ माथिको निगरानीका रूपमा अथ्र्याउनु भयो । परराष्ट्र मामिलाका सम्बन्धमा नेपालको आन्तरिक तयारी कमजोर रहेको प्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो ।  यदि यो यथार्थलाई समयमै बुझेर सम्बोधन गर्न नसकिए मुलुक गम्भीर संकटमा फस्ने उहाँको चेतावनी छ ।

Leave a Reply

ताजा समाचार