कहि दक्षिण एशिया शक्तिराष्ट्रहरुको क्रिडास्थल त बन्दै छैन? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कहि दक्षिण एशिया शक्तिराष्ट्रहरुको क्रिडास्थल त बन्दै छैन?

अमेरिका र चीन दक्षिण एशियाली देसहरुमा आफ्नो प्रभाव बढाउन सकृय बने, नेपालले समयमै बलियो परराष्ट्र नीति अबलम्बन नगरे मुलुक विदेसीहरुको क्रिडास्थल बन्न सक्ने


अहिले विश्वमा तिब्र धुब्रीकरण भइरहेको छ। विशेष ग िर रुस र युक्रेनबीच युद्ध जारी रहेको वेला विश्वका शक्ति राष्ट्रहरु दुई धुर्वमा विभाजित भएका छन। विश्वका दुई शक्ति राष्ट्र चीन र अमेरिका बीच दक्षिण एसियाली राष्ट्रहरुलाई आफ्नो प्रभावमा पार्ने प्रतिस्पर्धा नै चलेको छ। फलस्वरुप दक्षिण एशियाली चार देसको भ्रमण सकेर आइतबार चीनका परराष्ट्रमन्त्री वाङ यी स्वदेस फर्किएका छन भने यहि वेला अमेरिकी अन्डर सेक्रेटरी तथा उपमन्त्री भिक्टोरिया नुल्यान्डले दक्षिण एशियाका तीन देसको भ्रमण गरेकि छिन।

दक्षिण एशियाली चार देसको भ्रमण सकेर आइतबार चीनका परराष्ट्रमन्त्री वाङ यी स्वदेस फर्किएका छन भने, यहि वेला अमेरिकी अन्डर सेक्रेटरी तथा उपमन्त्री भिक्टोरिया नुल्यान्डले दक्षिण एशियाका तीन देसको भ्रमण गरेकि छिन। अहिले अमेरिका र चीनबीच विश्वभर आफ्नो शक्ति र प्रभुत्व बढाउने प्रतिस्पर्धा जारी छ। विशेष गरि रुस र युक्रेनबीच युद्ध जारी रहेको वेला अमेरिका युक्रेनको पक्षमा छ र उसकै उक्साहटमा युक्रेन रुस जस्तो राष्ट्रसँग युद्ध गर्न तयार भएको हो भन्ने सबैले बुझेका छन। अर्को तर्फ चीन रुसको पक्षमा छ। यद्यपी अमेरिका युक्रेनको पछि लागे जस्तो गरि नै चीन रुसको पछि लागेको छैन।

तर अमेरिका र रुसको बीचमा विश्वभरका राष्ट्रहरुलाई आफ्नो पक्षमा पार्ने अघोषित प्रतिस्पर्धा चलेको छ। यसका लागि अहिले दुबै शक्ति राष्ट्रको आँखा दक्षिण एसियामा माथि छ। सिंगो एसियामा पनि दुबै देसले आफ्नो पक्षमा मत जुटाउन कसरत गरिरहेका छन। अहिले रुस युक्रेन मामिलामा दक्षिण एसियाली मुलुकहरु भारत, बंगलादेश र श्रीलंका तटस्थ बसेका छन। यहि मौका छोपेर चिनिया विदेसमन्त्री यीले भारतसँगको सम्बन्ध सुधार गरेर क्षेत्रीयस्तरमा आफ्नो शक्ति बढाउन खोजेका हुन भन्ने परराष्टविद हरुको भनाइ छ। दक्षिण एसियाली राष्ट्रहरुलाई आफ्नो पक्षमा पार्न सके, विश्वमान चित्रमा कुन देस कसको पक्षमा छ भन्ने कुरा अमेरिका र चीन का लागि अर्थपुर्ण हुने छ। त्यसमा पनि विशेष गरि भारत जस्तो उदयमान राष्ट्रलाई आफ्नो पक्षमा पार्ने दुबैको उदेश्य छ।

अमेरिका इन्डो प्यासेफिक स्ट्राटेजीको अंगका रुपमा भारतलाई समावेश गराउदा आफ्नो शक्ति बढ्ने दाउमा छ भने, चीन पनि भारतसँगको सम्बन्ध सुधार गरेर एसियाली राष्ट्रहरुमा शक्तिशाली नेतृत्वकर्ता राष्ट्र बन्न चाहान्छ। त्यसैका लागि चीनका स्टेट काउन्सिलर समेत रहेका चिनिया परराष्ट्रमन्त्री वाङ यी ले नेपाल सहित अन्य दक्षिण एशियाली राष्ट्रहरुको भ्रमण गरेका हुन। यहि उदेश्यका लागि त्यहि समयमा अमेरिकी अन्डर सेक्रेटरी तथा उपमन्त्री भिक्टोरिया नुल्यान्डले पनि दक्षिण एशियाको भ्रमण गरेकि छिन। चिनिया परराष्ट्रमन्त्रीले पाकिस्तान, अफगानिस्तान, भारत र नेपालको भ्रमण गरेका छन भने अमेरिकी उपमन्त्री नुल्यान्डले बंगलादेश, भारत र श्रीलंका को भ्रमण गरेकि छिन्। यो भ्रमणबाट अमेरिका र चीन दक्षिण एशियामा आफ्नो शक्ति बढाउन चाहन्छन भन्ने कुरा प्रष्ट भएको छ।

किनभने, चीनबाट यसरी उच्च स्तरीय व्यक्तिहरु नेपालको औपचारिक भ्रमणमा कमै आउछन। त्यसमा पनि एउटा रेलवै को सर्वे गर्ने सहमति र निर्माण कार्य नै नसकिएको पोखरा अन्र्तराष्ट्रिय विमानस्थलको साचो प्रधानमन्त्रीलाई बुझाउन कै लागि चिनिया विदेसमन्त्री नेपाल भ्रमणमा आएको पत्याउन सकिदैन। चिनिया विदेसमन्त्रीको यो भ्रमण दक्षिण एशियामा आफ्नो प्रभाव बढाउने भ्रमण हो। जुन वेला अमेरिकाले दक्षिण एशियाली देसहरुलाई आफ्नो प्रभावमा पार्न प्रयास गरिरहेको छ। विपन्न राष्ट्रहरुमा शक्तिराष्ट्रको चलखेल पनि बढि हुने गर्छ। यस्तो अबस्थामा नेपालको गहन परराष्ट्र नीति हुनु अति आवश्यक छ। त्यसका लागि सरकारले सम्बन्धि सबै पक्षसँग छलफल गरि शक्ति राष्ट्रहरुको चलखेल बाट कसरी लाभ लिन सकिन्छ भन्ने नीति अपनाउन जरुरी छ। आज देसको अबस्था हेर्ने हो भने, एमसीसी परियोजना संसद बाट अनुदोन गरे पछि अमेरिकाले गलत गर्दा नेपालले गलत हो भन्न सकिरहेको छैन भने, सरकारको नेतृत्वबाट हट्नु पर्ने डरले भारतीयहरुले नेपालको दार्चुलामा डोजर चलाएर तटबन्धन निर्माण गर्दा समेत सरकारले एउटा विज्ञप्ती पनि जारी गर्न सक्दैन। यस्तो पिछलग्गु परिपार्टी अन्त्य गरेर नेपालको बलियो परराष्ट्र नीति हुनु र त्यस अनुरुप काम गर्न सक्नु आजको अपरिहार्य आवश्यक्ता हो।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);