विदेशी सेनाको जहाज नेपालमा अवतरण र ती देशका नेताहरुको नेपाल भ्रमण प्रकरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

विदेशी सेनाको जहाज नेपालमा अवतरण र ती देशका नेताहरुको नेपाल भ्रमण प्रकरण


अमेरकी सैन्य जहाज नेपालमा अवतरण भएको सार्वजनिक भएपछि जताजतै खैलाबैला मच्चियो, विदसी नेताहरुको आवत जावत पनि बाक्लिदै
नेपालीहरु राष्ट्रियताको सवालमा निकै संवेदनसिल छन। विदेसीहरुको चलखेल र हस्तक्षेप नेपाली जनतालाई कुनै पनि वाहानामा स्वीकार्य छैन। तर गत शुक्रबार अमेरिकी सैन्य विमान नै नेपालमा अवतरण भयो। एमसीसी संसदबाट अनुमोदन भए लगत्तै आएको उक्त विमानले नेपाल स्थित राजदुतावासका लागि कुटनीतिक सामग्री ल्याएको थियो। जुन सामान कार्गो विमानले ल्याउन सक्छ, त्यहि सामान अमेरिकाले सैन्य विमान मार्फत पठाउनुलाई सामान्य रुपमा बुझ्नु हुदैन भन्ने तर्क अहिले नेपालमा जबरजस्त रुपमा उठेको छ

।गत शुक्रबार अचानक अमेरिकी सेनाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भयो। एमसीसी संसदबाट अनुमोदन भएको केहि समय पछि अमेरिकी सैन्य विमान नेपाल आएपछि जताततै हल्ली खल्ली मच्चियो। यसै पनि नेपाली जनताले अमेरिकी सहयोग परियोजना एमसीसी लागु भए अमेरिकी सेना नेपाल आउछ भन्ने आशंका गरेका थिए। र नेतृत्वले उक्त आशंका बारे जनतालाई चित्त बुझ्दो जवाफ दिन सकेको थिएन। देसभित्र यस्तो माहोल भएको वेला एका विहानै अमेरिकी सैन्य विमान नेपालमा अवतरण भएको खवरले सबैको ध्यान अकार्षण भयो। तर उक्त विमानमा सेना होइन, कूटनीतिक सामग्री ल्याएको आएको त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलले जनाइसकेको छ। हुन त अमेरिकी सैन्य विमान काठमाण्डौ आएको पहिलो पटक होइन। यस अघि २०२१ को जनवरी, अप्रिल र अगस्ट महिना पनि अमेरिकी सैन्य विमान नेपाल आएको थियो। यो चौथो पटक हो।

विमानस्थल स्रोतका अनुसार उक्त विमान चार्टर अनुमति लिएर नै आएको हो। र यो नियमित प्रक्रिया भित्र पर्छ भनेको छ। विमानस्थलको भनाइ अनुसार अमेरिका मात्रै होइन अन्य देशका यस्ता विमानहरु पनि आउने गरेका छन। तर सबैले बुझ्नु पर्ने कुरा के छ भने, अमेरिकी राजदूताबासको कूटनीतिक सामग्री ल्याउन दुतावासले सामान्य जहाज प्रयोग गर्न सक्थ्यो। अमेरिकाले पठाउने वेला कार्गो जहाज पठाउन सक्थ्यो। तर उनीहरुलाई हाम्रो देसको कमजोरी थाँहा छ। नेपालमा शक्ति केन्द्र भने पछि मरिहत्ते गर्ने नेतृत्वले यस्ता विमान आउन सजिलै अनुमति दिन्छ भन्ने। नेपालमा अबस्थित कुन देसका राजदुतावले के गर्दैछन। कस्ता व्यक्ति र कस्ता क्षेत्रमा लगानी गर्दै छन भन्ने कुराको समेत सरकारलाई अत्तो पत्तो छैन। जबकि नेपालको अनुमति विना कुनै पनि दुतावासहरुले कसैलाई अनुदान दिन समेत नपाउनु पर्ने हो। किनकि हरेक लगानीको पछाडि लगानी कर्ताको स्वार्थ हुन्छ।

नेपालको परराष्ट्र नीति कमजोर भएकै कारण विदेसीहरु निर्वाध रुपमा नेपाल आवत जावत गरिरहेका छन। यसको शुरुवात धेरै पहिला देखि भएको हो। सन् १९५२ जनवरीमा नेपालका तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाको भारत भ्रमण भयो। त्यसको अर्को महिना अर्थात १९५२ फेब्रुअरीमा नेपाली सेनालाई आधुनिकीकरण गर्ने भन्दै भारतीय सेना छोटो समयका लागि नेपाल आएको थियो। नेपाल भित्रिए पछि भारतीय सेनाको उक्त टोलीले नेपालमा आफ्नो गतिविधि बढाउँदै लग्यो। परिणाम स्वरुप भारतीय सेना सञ्चार उपकरणसहित उत्तरी सीमामा १७ वटा भारतीय पोस्ट नै निर्माण गरेर १८ वर्षसम्म रह्यो।

यो एउटा उदाहरण मात्रै हो। डा. बाबुरामा भटृराई प्रधानमन्त्री भएको वेला त्रिभुवन अन्र्तराष्टिय विमानस्थलमा भारतीय सुरक्षा बल नै राख्ने कुरा गरेका थिए। एउटा सार्वभौम देशको विमानस्थलमा विदेशी मार्फत सुरक्षा जाँच गराउने कुरा गर्नू नै राष्ट्रिय स्वाभिमानका हिसाबले लज्जाको विषय हो। हाम्रो नेतृत्व कमजोर भएकै कारण नेपालमा सहयोगको ललिपप देखाउदै विभिन्न देसका शक्ति केन्द्रहरुले आफ्नो उदेश्य पुरा गर्दै आएका छन।

हामी भु राजनीतिक हिसावले अति संवेदनसिल अबस्थामा छौ। हामीले हाम्रो भूमि छिमेकी देस सहित अरु कुनै देस विरुद्ध पनि प्रयोग गर्न दिनु हुदैन। यसका लागि प्रतिबद्ध रहन जरुरी छ। तर सिमित नेताहरुको व्यक्तिगत फाइदाका लागि देसको अस्मिता माथि नै संकट निम्तिन सक्ने गरि काम गर्नु आफैमा निन्दनीय छ। पछिल्लो समय अमेरिकी परियोजना साँगै अमेरिकी अधिकारीहरुको दौडधूप समेत बढ्नुले यसको भावि असर बारे गम्भिर हुन आवश्यक छ। किनकि अमेरिकी अधिकारीहरुको नेपाल भ्रमणले तिब्रता लिन थालेको छ। निकट भविष्यमा नै अमेरिकी सांसदहरुको २५ सदस्सीय जम्बो टोली नेपाल भ्रमणमा आउउदै छ। यो नेपाल भ्रमणमा आउन लागेको अहिले सम्म कै ठूलो अमेरिकी सांसदहरुको टोली हो।

त्यति मात्र होइन उत्तरि छिमेकी देस चीन बाट चिनियाँ विदेशमन्त्री वाङ ई यहि शुक्रबार नेपाल आउदै छन। उनले चिनियाँ विकास परियोजना बीआरआई बारे छलफल गर्ने बुझिएको छ। कुनै पनि मित्र राष्ट्रबाट उच्च स्तरीय टोलि नेपाल भ्रमणमा आउनु स्वागत योग्य कुरा हो। यसको सबै नागरिकले स्वागत र सहयोग गर्नु पर्छ। तर यस्ता आवत जावतले देसको सुरक्षा खलबलिने कुरा नहोस भनेर चनाखो हुन पनि त्यतिककै आवश्यक छ। चिनया विदेसी मन्त्री नेपाल आएलगत्तै अमेरिकी सांसदहरुको टोली नेपाल आउनु लाई अहिले अबस्थामा अर्थपूर्ण रुपमा हेर्न सकिन्छ।

नेतृत्वले के बुझ्न जरुरी छ भने, नेपाली जनताहरुका लागि आफ्नो देस प्यारो छ। हाम्रो स्वतन्त्रता प्यारो छ। हाम्रो राष्ट्रिय स्वाधीनता प्यारो छ। हामी कहिल्यै पराधीन भएनौँ र कुनै बाह्य शक्तिबाट शासित भएनौँ भनेर सबैले गर्व गर्छन। यहा सम्म कि आधा विश्व कब्जा गर्दै आएको बृटिश साम्राज्यवाद समेत नेपालीसामु टिक्न सकेन। हाम्रा वीर पुर्खाहरूको वीरता र बलिदानले गर्दा हामी सदा स्वाधीन र स्वतन्त्र रह्यौँ। तर हाम्रो विडम्बना भन्नु पर्छ स्वार्थी नेतृत्वका कारण आज हाम्रो मुलुकको राष्ट्रिय सार्वभौमिकता, अखण्डता र स्वाधीनतामाथि गम्भीर खतरा पैदा भइरहेकोे छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);