अमेरिकी सैन्य विमान कोलम्बियाको सीमा सहरमा अवतरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

अमेरिकी सैन्य विमान कोलम्बियाको सीमा सहरमा अवतरण

venejuyela

काठमाडौं, ५ फागुन । मानवीय सहायता बोकेको अमेरिकी सैन्य विमान कोलम्बियाको सीमा सहर कुकुतामा अवतरण गरेको छ ।

भेनेजुएलामा देखापरेको मानवीय संकटको सहयोगका लागि भन्दै अमेरिकी सैन्य विमान कुकुता शहर पुगेको हो ।भेनेजुएलाका विपक्षी नेता जन गुइदोको आग्रहमा मानवीय सहयोगका लागि अमेरिकाले सहायताका सामग्री पठाएको हो । भेनेजुएला मानवीय संकटमा रहेको भन्दै विपक्षी नेताले आग्रह गरेपछि आफूहरुले मानवीय सहायता गर्न लागेको यूएसएडका प्रशासक मार्क ग्रिनले बताएका छन् ।

गुइदोले फेव्रुअरी २३ मा भेनेजुएलाका स्वयंसेवकहरुले ती मानवीय सहायता सामग्री सीमा पार गराउने बताएका छन् । तर, भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले विदेशी सहायता इन्कार गरेकाले सीमा पार गर्न सहज नहुने अनुमान गरिएको छ । मदुरोले अमेरिकी सहयोगको आलोचना गर्दै यसलाई अमेरिकी हस्तक्षेपको एक हिस्सा भएको टिप्पणी गरिसकेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);