भेनेजुयला र कोलम्बीयाबीचको सीमा नाका चार महिनापछि खुला | ईमाउण्टेन समाचार

Our Network

असोज ९ २०८३, शनिबार

भेनेजुयला र कोलम्बीयाबीचको सीमा नाका चार महिनापछि खुला

venezuelans cross border

एजेन्सी , २६ जेठ । चार महिनादेखि बन्द भेनेजुएला र कोलम्बियाबीचको सीमा नाका खुला भएको छ । सीमा खुला गरिएसँगै भेनेजुएलाका लाखौं नागरिक अत्यावश्यकीय सामान खरिदका लागि कोलम्बियाको सीमापारी पुगेका छन् ।

गत फेब्रुअरीमा भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले सीमा नाका बन्द गरेका थिए ।आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका विपक्षी नेता हुँवा गोइदोले अमेरिकालगायतका देशबाट मानवीय सहायताका सामान भित्र्याउन आह्वान गरेपछि राष्ट्रपति मदुरोले सीमा नाका बन्द गरेका थिए ।

लामो समयदेखि आर्थिक संकटमा गुज्रिरहेको भेनेजुएलामा मानवीय सहायतासमेत उपलब्ध हुन नसकेपछि विपक्षी नेता गोइदोले सहायता उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका थिए । तर, राष्ट्रपति मदुरोले भने अमेरिका लगायतका युरोपेली मुलुकबाट कुनै पनि हालतमा सामानहरु भित्रिन नदिने अडान राख्दै सीमा नाका बन्द गराएका थिए ।

विपक्षी नेताको आह्वानअनुसार अमेरिकालगायत युरोपेली मुलुकहरुले भेनेजुएलाका लागि मानवीय सहायता बोकेका गाडि कोलम्बियाको कुकुतासम्म पु¥याएका थिए । तर, नाका बन्द भएपछि ती सामान भेनेजुएला भित्रन पाएका थिएनन् ।

सीमा बन्द भएपछि लाखौं भेनेजुयाली नागरिक उपभोग्य सामान खरिद गर्नबाटसमेत बञ्चित हुँदै आएका थिए ।