पाँचौ ठूलो अर्थतन्त्रमा बेलायतलाई पछि पार्दै भारत | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पाँचौ ठूलो अर्थतन्त्रमा बेलायतलाई पछि पार्दै भारत

modi

काठमाडौं, २६ जेठ । यो वर्ष विश्वकै पाँचौ ठूलो अर्थतन्त्रमा भारतले बेलायतलाई पछि पार्ने देखिएको छ । २०१५ सम्म जापानलाई पनि पछि पार्दै एसिया–प्रशान्त क्षेको दोस्रो ठूलो अर्थतन्त्र हुने ग्लोबल इन्फरमेसन प्रोभाइडर आईएचएस मार्किटले जनाएको छ ।

लोकसभा चुनावमा प्रधानमन्त्री नरेन्द्र मोदी तथा भाजपाको जीतमा आईएचएस मार्किटले यो रिपोर्ट सार्वजनिक गरेको हो । मोदी सरकारको दोस्रो कार्यकालमा आर्थिक परिदृश्य सकारात्मक देखिएको छ । २०१९ देखि २०३३ सम्म वार्षिक औसत जीडीपीको वृद्धि दर ७ प्रतिशत रहने अनुमान गरिएको छ ।

विश्वको ठूलो अर्थतन्त्रको देशको वरियतामा उकालो लाग्नाले विश्वव्यापी जीडीपीमा उसको योगदान पनि बढ्ने छ ।

भारतका कारण एसियाली क्षेत्रमा व्यापार तथा लगानी प्रवाह बढाउनमा सहयोग मिल्ने छ । मोदीको दोस्रो कार्यकालमा महत्वपूर्ण आर्थिक सुधारको चुनौती जारी रहने रिपोर्टमा उल्लेख गरिएको छ । सरकारी बैंकमा सुधार तथा एनपीएको बोझ कम गर्न नीतिमा प्राथमिकता दिइने छ ।

जीडीपीमा म्यानुफ्याक्चरिङ क्षेत्रको योगदान २५ प्रतिशतको तुलनामा केबल १८ प्रतिशत रहेको छ । आगामी २ दसकमा प्रत्येक वर्ष औसत करिब ७५ लाख रोजगारी सिर्जना हुने अनुमान गरिएको छ । यस कारण सरकारलाई म्यानुफ्याक्चरिङ तथा सेवा क्षेत्रमा रोजगारी बढाउने दबाब रहने छ । यो समाचार आजको कारोबार दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);