हुवावेका अब बन्ने फोनमा फेसबुक नचल्ने | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८०, आइतबार

हुवावेका अब बन्ने फोनमा फेसबुक नचल्ने

huawei

काठमाडौं, २७ जेठ । अमेरिकी पार्टपुर्जा र सप्टवेयर खरिदमा प्रतिबन्ध झेलिरहेको चिनियाँ प्रविधि कम्पनी हुवावेमाथि अर्को धक्का लागेको छ । अमेरिकी कम्पनी फेसबुकको पनि हुवावेका नयाँ स्मार्टफोनमा आफ्ना एप्सको प्रि–इन्स्टलेसन नदिने जनाएको छ ।

हुवावे स्मार्टफोन किनिसकेका ग्राहकले भने फेसबुक एप्स प्रयोग र अपडेट गर्न पाउने फेसबुकले जनाएको छ । तर, अब बन्ने नयाँ हुवावे फोनमा फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप हुने छैन ।

स्मार्टफोन उत्पादकहरुले फेसबुुक, इन्स्टाग्रामजस्ता एप्स आफ्ना सेटमा पहिल्यै इन्स्टल गरेर ग्राहककहाँ पठाउन सम्बद्ध कम्पनीसँग व्यापारिक सम्झौता गरेका हुन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);