हङकङमा सुपुर्दगीसम्बन्धी विवादास्पद विधेयकको विरोधमा विशाल प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

हङकङमा सुपुर्दगीसम्बन्धी विवादास्पद विधेयकको विरोधमा विशाल प्रदर्शन

hongkong

एजेन्सी, २७ जेठ । सुपुर्दगीसम्बन्धी विवादास्पद विधेयकको विरोधमा हङकङका हजारौं नागरिकले प्रदर्शन गरेका छन् ।

हङकङमा रहेका शंकास्पद अपराधीलाई चीनमा सुनुवाइका लागि सुपुर्दगी गर्न सकिने व्यवस्था विधेयकमा छ । सोही व्यवस्थाको विरोध गर्दै प्रदर्शन भएको हो ।प्रदर्शनीमा व्यवसायी, कानुन व्यवसायी, विद्यार्थी, धार्मिक नेता तथा लोकतन्त्र पक्षधर सहभागी थिए । यो प्रदर्शन सन् २०१४ को अम्रेला मुभमेन्ट पछिकै विशाल भएको बताइएको छ । हङकङका नेता क्यारी लामले विधेयकको नयाँ व्यवस्था जुलाई अघि पारित हुने दाबी गरेका छन् ।

विधेयक पक्षधरले राजनीतिक तथा धार्मिक मुद्दाका आरोपीलाई चीनमा सुपुर्दगी गर्नबाट रोक्ने व्यवस्था विधेयकमा रहेको दाबी गरेका छन् । तर प्रदर्शनकारीहरुले भने सुपुर्दगी गर्नेसम्बन्धी प्रावधानका आधारमा चीनले आफ्नो सरकारको विरोधमा उत्रने राजनीतिक नेता तथा प्रतिस्पर्धीलाई लक्षित गर्ने जिकिर गरेका छन् । प्रदर्शनमा सहभागी कतिपयले उक्त विधेयकले विश्वकै एक वित्तीय केन्द्रका रुपमा रहेको हङकङको अर्थतन्त्रमा समेत प्रभाव पार्ने जनाएका छन् । सुपुर्दगी कानुनमा गरिएको नयाँ प्रस्तावमा चीन, ताइवान र मकाउका अधिकारीले हङकङमा अपराध तथा बलात्कारमा आरोप लागेकालाई सुपुर्दगी गर्न आग्रह गर्ने व्यवस्था छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);