सुपुर्दगी बिधेयक रद्ध गर्न माग गर्दै हङकङमा प्रदर्शन जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

सुपुर्दगी बिधेयक रद्ध गर्न माग गर्दै हङकङमा प्रदर्शन जारी

एजेन्सी, २४ साउन । हङकङको बिमानस्थलमा सुपुर्दगी विधेयकको बिरुद्धमा शुक्रबार लाखौं मानिसहरूले प्रदर्शन गरेका छन् । हङकङ सरकारले हङकङका मानिसलाई मुख्य भूमि चीनमा सुपुर्दगी गर्न बनाएको बिधेयकको बिरोधमा प्रदर्शन गरिएको हो ।

यसअघि बिधेयकको बिरोधमा प्रदर्शन चर्किएपछि हङकङकी प्रमुख कार्यकारी क्यारी लामले बिधेयक स्थगित गरेको जनाएकी थिइन् । कालो पहिरनमा बिमान स्थलमा भेला भएका प्रदर्शनकारीले बिधेयक स्थगित नभई रद्ध नै गर्नुपर्ने माग गर्दै आएका छन ।

प्रदर्शनकारीले अन्तराष्ट्रिय आगन्तुकलाई बिधेयककाबारे चेतना जगाउन बिमान स्थलमै प्रदर्शन गर्नुपरेको जनाएका छन् । उनीहरुले प्रमुख कार्यकारी लामको राजीनामा समेत मागेका छन् ।

प्रदर्शनकारीहरूले १ हप्तासम्म बिमान स्थलमा बस्ने योजना समेत बनाएका छन् । प्रदर्शनकारीहरुले लाम र प्रहरी प्रशासनको धरपकडको निन्दा समेत गरिरहेका छन् । बिधेयको बिरोधमा डेढ महिनादेखि प्रदर्शन जारी छ । प्रदर्शनकारी बिमानस्थल भित्रै प्रवेश गर्न खोजेपछि हङकङ प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);