केन हुलेले आफ्नो उत्पादन सुरक्षा खतरा रहे प्रमाण देखाउन विश्वका सरकारलाई दिए चुनौती | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

केन हुलेले आफ्नो उत्पादन सुरक्षा खतरा रहे प्रमाण देखाउन विश्वका सरकारलाई दिए चुनौती

Huwwi chief ken

काठमाडौं, ५ पुस । चिनियाँ दूरसञ्चार कम्पनी हुवावेका अध्यक्ष केन हुले आफ्नो उत्पादनबाट सुरक्षा खतरा रहेको प्रमाण देखाउन अमेरिकासहित विश्वका अन्य सरकारलाई चुनौती दिएका छन् ।

हुवावे टेक्नोलजी लिमिटेडको मुख्यालयमा अध्यक्ष हुले आफ्ना उत्पादन कुनै विचारधारा र भूराजनीतिक धारणाबाट निर्देशित छन् भन्ने आरोपमा सत्यता नरहेको बताएका हुन् ।

चीनको ग्वाङडोङ प्रान्तको डोन्गुआनस्थित हुवावे मुख्यालयमा कम्पनी प्रमुख केन हु । उनले अस्ट्रेलिया र अरू बजारमा पाँचौं पुस्ताको दूरसञ्चार सञ्जाल विस्तारमा भइरहेको अवरोधले उपभोक्ता ठगिने दाबी गरेका छन् ।

अरूका उत्पादन महँगा हुनेछन् र नवीन प्रविधिको परीक्षणमा अरू कम्पनीको काम गराइ ढिलो छ उनले पत्रकारहरुलाई सम्वोधन गर्दै भनेका छन  । अस्ट्रेलिया र न्युजिल्यान्डले सुरक्षा खतराको कारण देखाउँदै फाइभ–जी विस्तारमा हुवावेलाई रोकेका छन् । यी दुई मुलुकले अमेरिका र ताइवानसँग पनि सहकार्य गरेका छन । जापानको साइबर सुरक्षा निकायले पनि जापानले हुवावे समेतका उच्च जोखिमयुक्त मोवाइल फोन खरिद नगर्ने बताएको छ । पछिल्ला कदमले हुवावेमाथि खासै असर भने परेको छैन्।

हुवावे अहिले विश्वकै सबैभन्दा ठूलो दूरसञ्चार नेटवर्क निर्माणकर्ता तथा फाइभ–जीको विकासमा अग्रणी कम्पनी रहेको छ  । तर विश्लेषकहरूका अनुसार हुवावेमाथिको दबाब यथावत् रहेमा सन् २०२२ सम्ममा यसको व्यवसायमा २० अर्ब डलरले कमी आउने अनुमान गरिएको छ  । प्राय अन्तर्वार्ता दिन नचाहने अध्यक्ष केन हुले यसपटक अमेरिकी, युरोपेली र एसियाली पत्रकारहरूसँग झन्डै २ घण्टा २० मिनेट कुराकानी गरेका छन । यदि कसैसँग कुनै प्रमाण भए त्यसलाई सार्वजनिक गर्न उनले चुनौति दिएका छन् ।

यो कार्य अरू टेलिकम कम्पनीका कारण भइरहेको हुन सक्ने उनको अनुमान रहेको छ । उनीहरू हुवावेका सामग्री खरिद गर्न बाध्य भइरहेका उनले बताएका छन् । हुवावे पूर्व चिनियाँ सैनिक इन्जिनियरले सन् १९८७ मा स्थापना गरेको कम्पनी हो । चिनियाँ कम्युनिस्ट पार्टीले नियन्त्रण गरेको भन्ने आरोपमा सत्यता नरहेको दाबी पनि हुले गरेका छन् ।

गोप्य उपकरण चिनियाँ सरकारका लागि डिजाइन नगरेको पनि कम्पनीको भनाइ छ । हुवावे चीनको पहिलो विश्वव्यापी प्रभाव राख्ने प्रविधि क्षेत्रको कम्पनी हो । यसमा हाल १ लाख ८० हजारले रोजगारी पाएका छन् भने यस वर्ष कम्पनीको बिक्री एक सय अर्ब डलर पुगेको छ । हुका अनुसार हुवावेलाई प्रतिस्पर्धा गर्न नदिने हो भने अस्ट्रेलियामा फाइभ–जी नेटवर्क निर्माणमा १५ देखि ४० प्रतिशत बढी महँगो पर्नेछ । हुवावेले २५ वटा टेलिकम कम्पनीका लागि फाइभ–जी उपकरण आपूर्ति गरिरहेको छ ।

हालसम्म १० हजारभन्दा बढी फाइभ–जीका बेस स्टेसन अन्य देशमा आपूर्ति गरिएको कम्पनीले जनाएको छ । हुवावेकी प्रमुख वित्तीय अधिकृत सब्रिना मेङ्ग वाङझुलाई क्यानडामा पक्राउ गरेको घटनापछि चीन र क्यानडाबीचको कूटनीतिक सम्बन्ध समेत चिसिएको छ । चिनियाँ अधिकारीले बुधबार थप एकजना क्यानडेली अधिकारीलाई पक्राउ गरेको विदेश मन्त्रालयलाई उद्धृत गर्दै क्यानडाको नेसनल पोस्टले जनाएको छ । योसहित चीनले पक्राउ गरेका क्यानडेलीको संख्या ३ पुगेको छ ।

मेङ्गको पक्राउपछि रुष्ट चीनले आफ्नो राष्ट्रिय सुरक्षालाई खतरामा पारेको भन्दै गत साता दुई क्यानडेलीलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा नर्थ इस्ट एसिया फर इन्टरनेसनल क्राइसिसका वरिष्ठ सल्लाहकार एवं पूर्व क्यानडेली कूटनीतिज्ञ माइकल कोभ्रिग र चीनको दानदोङ सहरमा व्यवसाय गर्दै आएका माइकल स्पाभोर रहेका छन् । चीनले उनीहरू पक्राउको घटना मेङ्गको पक्राउसँग सम्बन्धित रहेको नरहेको बारेमा केही बताएको छैन् ।

तर, बेइजिङस्थित पश्चिमा कुटनीतिज्ञहरूले भने क्यानडेलीहरूको गिरफ्तारी चीनको जस्तालाई त्यस्तै नीति रहेको बताएका छन् । अमेरिकाको आग्रहमा मेङ्गलाई गत डिसेम्बर १ मा क्यानडाको भ्यानकुभरमा पक्राउ गरिएको थियो । पछि उनलाई ससर्त रिहाइ गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);