अमेरिकामा हुवावे र जेडटीइले उत्पादन गरेका दूरसञ्चार उपकरण विक्रीमा प्रतिबन्ध | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

अमेरिकामा हुवावे र जेडटीइले उत्पादन गरेका दूरसञ्चार उपकरण विक्रीमा प्रतिबन्ध

huawei

न्युयोर्क । अमेरिकाले चिनियाँ कम्पनी हुवावे टेक्नोलोजी र जेडटीई कर्पोरेसनले उत्पादन गरेका सबै दूरसञ्चार उपकरणहरूको बिक्री गर्न प्रतिबन्ध लगाएको घोषणा गरेको छ । नियामकले दुई कम्पनीहरूले ’अस्वीकार्य’ सुरक्षा जोखिम खडा गरेकोले प्रतिबन्ध गरिएको अमेरिकी संघीय सञ्चार आयोग (एफसीसी) ले जनाएको छ । पछिल्लो निर्णय अमेरिकी जनताको सुरक्षा गर्ने उद्देश्यले गरिएको उसले जनाएको छ ।एफसीसी अध्यक्ष जेसिका रोजेनवर्सेलले भनिन्, ‘ एफसीसी अविश्वसनीय सञ्चार उपकरणहरू हाम्रो सिमानाभित्र प्रयोगको लागि अधिकृत छैन भनी सुनिश्चित गरेर हाम्रो राष्ट्रिय सुरक्षाको रक्षा गर्न प्रतिबद्ध छ र हामी त्यो काम जारी राख्छौ ।’उनले अगाडि थपिन्,‘यी नयाँ नियमहरू अमेरिकी जनतालाई दूरसञ्चार सम्बन्धी राष्ट्रिय सुरक्षा खतराहरूबाट जोगाउनको लागि हाम्रो चलिरहेको कार्यहरूको महत्त्वपूर्ण भाग हो । ’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);