चीनमा कोभिड प्रतिबन्धविरुद्ध नयाँ प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

चीनमा कोभिड प्रतिबन्धविरुद्ध नयाँ प्रदर्शन

बेइजिङ । चीनमा कोभिड प्रतिबन्धविरुद्ध नयाँ विरोध प्रदर्शनहरु भएका छन् । विरोध प्रदर्शनबारे सार्वजनिक गरिएको एउटा भिडियोमा उरुम्चीका मानिसहरू प्रहरी अवरोध हटाउँदै तालबन्दी अन्त्य गर्न माग गरेका देखिन्छन् । उरुम्चीका अधिकारीहरूले अब प्रतिबन्धहरू हटाउने वाचा गरेका छन् । कोभिड प्रतिबन्धले मानिसहरूलाई बिहीबार अपार्टमेन्टमा लागेको आगोबाट भाग्न रोकेको प्रदर्शनकारीहरुले बताएका छन् । तर, अधिकारीहरुले भने यसलाई अस्वीकार गरेका छन् । आगो निभाउने प्रयास कोभिड प्रतिबन्धहरूले अवरोध गरेको अनलाइन पोष्टहरूले सुझाव दिएका छन् ।

सार्वजनिक भिडियोमा मास्क लगाएका सर्वसाधारण मानिसहरु अध्यारोमा सरकाविरुद्ध नाराबाजी गरेका देखिन्छन् ।  पश्चिमी सिन्जियाङ क्षेत्रको राजधानी सहरमा अगस्टको शुरुदेखि नै प्रतिबन्धहरू लगाइएको छ ।आगलागीबाट प्रभावित कम्पाउण्डमा बसोबास गर्ने मानिसहरूलाई घरबाहिर निस्कन धेरै हदसम्म रोकिएको घटनापछि एक जना बासिन्दाले गुनासो गरेको बीबीसीले जनाएको छ ।यसैबीच, उरुम्चीका अधिकारीहरूले एक असामान्य माफी मागेका छन् ।  आफ्नो कर्तव्य ननिभाउने जो कोहीलाई सजाय दिने उनीहरुले वाचा गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);