हुवावेलाई कमजोर नसोच्न चेतावनी, अमेरिका आफ्नो निर्णयबाट पछि हट्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

हुवावेलाई कमजोर नसोच्न चेतावनी, अमेरिका आफ्नो निर्णयबाट पछि हट्यो

huawei

एजेन्सी, ८ जेठ । अमेरिका–चीनबीच देखिएको व्यापार विवादको निशानामा परेको हुवावेले अमेरिकालाई आफ्नो कम्पनीलाई कमजोर नसोच्न चेतावनी दिएको छ ।

हुवावेका संस्थापक रेन जेंगफेईले अमेरिकाले हुवावेविरुद्ध जारी गरेको सरकारी आदेशको प्रभावलाई नजरअन्दाज गर्दैै कम्पनीको शक्तिलाई कमजोर नसोच्न चेतावनी दिएको हो ।

उनले कुनै पनि अर्को देशका कम्पनीको आगामी पीढी फाइभजीमा पुग्नका लागि अझै २ देखि ३ वर्षसम्म लाग्नसक्ने बताए । अमेरिकाको वाणिज्य मन्त्रालयले सोमबार हुवावेलाई कालोसूचीमा राख्ने निर्णय गरेको थियो ।

चीनको सरकारी चाइना सेन्ट्रल टेलिभिजनसँग कुराकानी गर्दै जेंगफेईले प्रतिबन्धलाई लिएर आफ्नो असन्तुष्टि पनि पोखेका छन् ।

इरानविरुद्धको प्रतिबन्ध उल्लंघन गरेको आरोपमा उनकी छोरी तथा हुवावेकी प्रमुख वित्तीय अधिकारी मेंग वानजाओलाई क्यानडामा पक्राउ गरिएको थियो ।

उनले भने, ‘अमेरिकी राजनीतिज्ञले हाम्रो शक्तिलाई कमजोर ठानेर व्यवहार गरिरहेका छन् । यसबाट हुवावेको फाइभ जी नेटवर्कको काम प्रभावित हुँदैन । जहाँ सम्म फाइभ जी प्रोद्यौगिकीको सवाल छ, अन्य देशलाई यहाँ सम्म पुग्न अझै दुई देखि तीन वर्ष लाग्छ ।’

युसैबीच अमेरिकाले चीनको हुवावेमाथि लगाएको प्राविधिक सहयतामाथिको रोक ९० दिनका लागि पछि धकेलेको छ । अमेरिकी प्रयोगकर्तामा आउनसक्ने समस्यालाई मध्यनजर गर्दै अमेरिकाले यो निर्णय केही समयलाई स्थगित गर्ने निर्णय गरेको हो ।

यद्यपि ट्रम्प प्रशासनको वाणिज्य विभागले राष्ट्रिय सुरक्षालाई मध्यनजर गर्दै हुवावेमाथि लगाएको रोकको निर्णयमा कुनै परिवर्तन नगरिने जनाएको छ । पछिल्लो निर्णयसँगै अमेरिकाले हुवावेलाई अमेरिकी कम्पनीसँग व्यापारका लागि अस्थाई लाइसेन्स प्रदान गर्नेछ ।

वाणिज्यमन्त्री विल्भर रसले भने, ‘अस्थाई सामान्य लाइसेन्सबाट अपरेटरलाई व्यवसाय जारी राख्नका लागि अर्को व्यवस्था नभएसम्मका लागि समय प्राप्त हुनेछ र विभागलाई अत्यावश्यक सेवाका लागि अमेरिकी र विदेशी दूरसञ्चारकम्पनीका लागि दीर्घकालीन उपाय खोज्न समय प्राप्त हुनेछ ।’

गुगगले ‘एन्ड्रोइड अपरेटिङ सिस्टम’ मा हुवावेको पहुँचमाथि लगाइएका प्रतिबन्धहरूको असर उसले ल्याउन लागेको पछिल्ला मोबाइल सेटहरूमाथि पर्नेछ । हुवावेले लन्डन अनर ट्वेन्टी सिरिजको स्मार्टफोन सार्वजनिक गर्दै छ ।

सो कार्यक्रममा हुवावेले विश्वभरिका सञ्चारमाध्यमलाई बोलाएको छ । नयाँ मोबाइल सेटमा गुगलको एपस्टोरसहित पूर्ण ‘एन्ड्रोइड अपरेटिङ सिस्टम’ उपलब्ध हुनेछ ।

तर अमेरिकी सरकारसँगको विवाद समाधान नभएमा हुवावेले एन्ड्रोइड प्रयोग गरिरहने निर्णय गरेमा आगामी सेटहरूमा गुगलका थोरै सेवाहरूमात्र उपलब्ध हुनेछन् ।

विश्वकै दोस्रो ठूलो स्मार्टफोन निर्माता कम्पनी हुवावेसँग गुगल सम्बन्ध तोड्न चाहँदैन । हाल करिब ५० करोडले हुवावेको फोन प्रयोग गरिरहेको कम्पनीले बताएको छ ।

अमेरिकी प्रविधि कम्पनीले हुवावेसँगका सरसामान आदानप्रदान र प्राविधिक सेवाजस्ता सबै ‘गैरसार्वजनिक’ व्यापारिक क्रियाकलापलाई स्थगित गरेको छ । यसको अर्थ हुवावे फोनमा एन्ड्रोइड हराउँने होइन ।

किनकि एन्ड्रोइड स्मार्टफोन निर्माताहरूले चाहेअनुरुप परिवर्तन गर्न सकिने ओपन सोर्स सफ्टवेयर हो । तर अभ्यासमा भने धेरै निर्माताहरू गुगलले दिने सेवामा भर पर्ने भएकाले उसका एपहरु डाउनलोड गर्ने प्ले स्टोर, गुगलका एपहरू, गुगल एसिस्टेन्ट भनिने सहयोगी एप, जीमेल इमेल सेवा र अन्य एपलाई एन्ड्रोइडसँग जोडिन दिने प्रविधि नियन्त्रित हुनेछ ।

हाल हुवावे फोन प्रयोग गरिरहेकाहरुमा भनेक कुनै समस्या आउनेछैन । किनकि हाल चलनचल्तीमा रहेका सेटहरु प्रमाणित भइसकेका हुन् । त्यसमा नयाँ भर्सन दिन वा एप डाउनलोड गर्न दिन गुगलले हुवावेईसँग सम्बन्ध राखिरहनुपर्दैन । तर सुरक्षा अपडेटहरूका विषयमा नियन्त्रण कायम हुनसक्छ ।

तर चीनका प्रयोगकर्ताहरुमा भने ठूलो प्रभाव पर्नेछैन । किनकि चीनमा गुगलका धेरै सेवाहरू प्रतिबन्धित छन् । हुवावेईका फोनहरू एन्ड्रोइडका नयाँ भर्सनमा नगई अहिलेकै भर्सनमा रहिरहेको अनुमानसमेत गरिएको छ । यो समाचार आजको राजधानी दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);