बिनासकारी आक्रमण गर्ने इरानी क्रान्तिकारी गार्डको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

बिनासकारी आक्रमण गर्ने इरानी क्रान्तिकारी गार्डको चेतावनी

क्रान्तिकारी गार्डका १२ सदस्य सहित २५ जनाको मृत्यु :

एजेन्सी, ८ असोज । इरानको क्रान्तिकारी गार्डका उपप्रमुखले अमेरिका र इजरायलले इरानको सैन्य परेडमा आक्रमण गराएको गम्भीर आरोप लगाएका छन् । क्रान्तिकारी गार्ड नामक संस्थाका उपप्रमुखले यो आक्रमणप्रति आफूहरु चुप लागेर नबस्ने धम्कि दिँदै यसको कडा जवाफ विनाशकारी रुपमा नै दिने चेतावनी दिएका छन् ।

इरानको सैन्य परेडमा यसै साता भएको आक्रमणमा २५ जनाको मृत्यु भएको विषयलाई लिएर इरानको क्रान्तिकारी गार्ड नामक संस्थाले चर्को विरोध गरेको छ । सो घटनाका लागि अमेरिका र इजरायल माथि उक्त संस्थाले दोष लगाएको छ ।

इरानको क्रान्तिकारी गार्डका उपप्रमुखले यो आक्रमणको बदला लिने अमेरिका र इजरायललाई धम्कि दिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । सो संस्थाले विनासकारी प्रतिकार गर्ने चेतावनी पनि दिएको छ ।

इरानको सैनिक परेडमा भएको आक्रमणको विरोधमा दक्षिण पश्चिम इरानी सहर अहबाजमा बिरोध प्रदर्शन गरिएको छ । परेड हमला काण्डमा क्रान्तिकारी गार्डका १२ सदस्य सहित २५ जनाको मृत्यु भएको थियो ।

भिडियो हेर्नुहोस् :

सन् २०१५ मा इरानसंग सम्पन्न परमाणु सम्झौताबाट अमेरिका अलग भएपछी अमेरिका र इरानबीच तिक्तता बढेको छ । अमेरिकाले इरान विरुद्ध आर्थिक नाकाबन्दी गरेपछी इरानको अर्थव्यवस्था कमजोर बनेको छ ।

इरानमा डलरको भाउ बढेको छ । डलरको तुलनामा इरानी मुद्राको भाउ निकै तल झरेको छ । विदेशी कम्पनीहरु इरानबाट पलायन हुन थालेका छन् ।

यसबाट इरानको आर्थिक अवस्था झन् झन् कमजोर बन्दै गएको आर्थिक विश्लेषकहरुले विश्लेषण गरेका छन् । अमेरिका र इरानबीच केही समय यता वाक्युद्ध शुरु भएपछि इरानी क्रान्तिकारी गार्डको यो पछिल्लो धम्की आएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);